एक अर्ब बढी नाफामा रहेको साहस उर्जाको आईपीओ क-कसले भर्न पाउँछन् ?

  २०७८ साउन २१ गते ११:२१     विकासन्युज

काठमाडौं । साहस उर्जाले आगामी साउन २९ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले सो दिनदेखि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता अर्थात ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो ।

यससँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर जारी गर्ने छन् । उनीहरुले साउन २९ गतेदेखि छिटोमा भदौ ११ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने छ ।

आईपीओमा ग्लोबल आईएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको सल्लेरी शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रतिमेगावाट लागत १३ करोड ७९ लाख ७ हजार रुपैयाँ मात्र हुने अनुमान गरिएको छ । त्यस्तै, आयोजनाको इजाजतपत्र वहाल रहने अवधि २०७१ असोज २ गतेदेखि २१०६ असोज १ गतेसम्म रहेकोले विद्युत उत्पादन अनुमति पत्र २९ वर्ष बाँकी रहेको छ । र, साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरएक अर्बण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १५७.४३, प्रतिसेयर आम्दानी २२.४२ र सञ्चित नाफा  ४० करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १६४.५६, प्रतिसेयर आम्दानी २१.८७ र सञ्चित नाफा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.