भगवान कोइरालाको नेतृत्वमा बन्ने बाल अस्पताललाई मीनबहादुर गुरुङको ४१ करोड सहयोग घोषणा

  २०८१ वैशाख २८ गते १९:१५     विकासन्युज

काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सातै प्रदेशमा निर्माण गर्ने अस्पतालका लागि गुरुङले सो बराबरको रकम घोषणा गरेका हुन् ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छन् । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाएका हुन् ।

डा. कोइराला नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.