सूचना प्रविधिलाई विशेष प्राथमिकतामा राखेर अबको बजेट आउँछ : सञ्चारमन्त्री शर्मा

  २०८१ वैशाख २८ गते १५:४६     विकासन्युज

काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले अबको बजेटमा सूचना प्रविधिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने बताएकी छिन् ।

‘इन्टरनेशनल गल्स इन आईसीटी डे’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । हरेक वर्ष अप्रिल २५ मा ‘आईटीयू’ ले ‘इन्टरनेशनल गल्स इन आईसीटी डे’ मनाउँदै आइरहेको छ । यस वर्ष ‘गल्स इन आईसीटी लिडरसिप’ नाराका साथ यस आईसीटी डे मनाइरहेको छ ।

आज सोहि कार्यक्रममा बोल्दै शर्माले अबको बजेटमा सूचना प्रविधिलाई जोड दिने बताएकी हुन् । भर्खरै लगानी सम्मेलन सकिएको स्मरण गर्दै नेपालको आईसीटी क्षेत्रमा विदेशीहरू पनि लगानी गर्न धेरै इच्छुक रहेको उनले बताइन् ।

सूचना प्रविधिको क्षेत्रले धेरै फड्को मारिसकेको अवस्थामा अहिलेमा सूचना प्रविधिसँग सम्बन्धित कानूनहरू पुरानो भएकोले  कानूनहरू परिमार्जन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सूचना प्रविधिको प्रयोग गरी हाल नेपालका यूवाहरूले करिब ६६ अर्ब रुपैयाँ भन्दा धेरै रकम नेपाल भित्र्याइरहेको उनले बताइन् । साथै सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागीता बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.