अब ८ लाख रुपैयाँमै नेक्सन गाडी पाइने, एनएमबि र सिप्रदीबीच भयो सम्झौता

  २०७८ साउन १८ गते १७:३७     विकासन्युज

काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच समझदारी भएको छ ।

बैंकले बिद्युतीय गाडी नेक्सनको लागि बेस रेटमै कर्जा प्रवाह गर्ने गरी सिप्रदीसँग समझदारी गरेको हो ।

बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट योजना अन्तर्गतको यो समझदारी अन्तगर्त ८ लाख डाउन पेमेन्टमै ८० प्रतिशत फाइनान्सिङ्ग सहित २४ घण्टाभित्र कर्जा प्रवाह हुने बैंकले जानकारी गराएको छ ।

नेक्सन ईभी अहिले मुलुकभर रहेका टाटा मोटर्स्का शोरुमहरुमा अवलोकन तथा “टेस्ट ड्राइभ” को लागि उपलब्ध रहेको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.