स्थापनाकाे ११औं वर्षमा हिरो मोटोकर्प, सबै स्कुटर तथा बाइक खरिद र सर्भिसिङमा छुट

  २०७८ साउन १८ गते ११:४४     विकासन्युज

काठमाडाैं । हिरो मोटोकर्पले स्थापनाकाे १०औं वर्ष पूरा गरेको छ । यस उपलक्ष्यमा नेपालको लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ्ग परिवारले सम्पुर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरेकाे छ ।

कम्पनीले हिरो मोटरसाइकल तथा स्कुटर प्रति विश्वास गर्दै नेपालमा सफलतापर्वक स्थापित गरी दिने सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेकाे हाे ।

यस्तै कम्पनीले याे अवसरमा हिरोको कुनैपनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट उपलब्ध गराउनुकाे साथै सर्भिसिङ्गमा ५० प्रतिशत छुट र स्पेयर पार्टसमा १० प्रतिशत छुट र वाशिङ्ग फ्री उपलब्ध गराउने भएकाे छ ।

यो योजना यही साउन २५ गते (अगस्ट ९) सम्म लागु रहेने कम्पनीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.