आयात भएको खोपमध्ये १० प्रतिशत निजी क्षेत्रलाई दिन चेम्बरको माग

  २०७८ साउन ५ गते १५:५४     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अर्फ कर्मशले कूल आयातको न्युनतम १० प्रतिशत कोरोना विरुद्धको खोप निजी क्षेत्रलाई प्राथमिकताका आधारमा दिन आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गरेका चेम्बरका प्रतिनिधिहरुले खोपको माग गरेका हुन । उनीहरुले उक्त खोप व्यवसायी, उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन समेत आग्रह गरेका थिए ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गर्न, ३ प्रतिशत ब्याजदरमा राहत रकम उपलब्ध गराइदिन, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गर्न, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्यवस्थापन गर्न माग गरेका थिए ।

उनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्ने जनाएका थिए ।

चेम्बरका प्रतिनिधिसँगको भेटवार्तमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताएका थिए ।

उनले कोभिडपछि अर्थतन्त्रमा चुनौतिहरु आएको भन्दै सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गरिन सकिने बताए ।

प्रधानमन्त्री देउवाले कोभिड खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको जनाउँदै निकट भबिश्यमा यथेष्ट मात्रामा खोप उपलब्ध भएपछि चेम्बरको माग सम्बोधन गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.