नेपाल एयरलाइन्सका कर्मचारीको विरोधमा आयल निगमका कर्मचारीको समर्थन

  २०७८ असार २८ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कर्मचारीको आन्दोलनमा नेपाल आयल निगमका कर्मचारीले समर्थन गरेका छन् ।

निगमलाई निजीकरण गर्ने तयारी भएको भन्दै आन्दोलनमा उत्रिएका निगमका कर्मचारीको आन्दोलनमा सोमबार आयल निगम कर्मचारी संघले समर्थन जनाएको हो ।

संघले निगमका कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गर्दै वायुसेवा निगमको प्रवन्धपत्र, नियमावली संसोधन गरि निजीकरण गर्ने प्रयास भएको प्रति ध्यानकर्षण भएको जनाएको छ ।

‘नेपालको एकमात्र राष्ट्रिय ध्याजावाहक नेपाल वायुसेवा निगमलाई कोहि कसैको स्वार्थका लागि गैर जिम्मेवारी ढङगले निजीकरण गरिनु खेदजनक छ’, कर्मचारी संघका महासचिव झविन्द्र विकले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, ‘निगम बचाउने आन्दोलनमा संघर्षरत नेपाल वायुसेवा निगममा क्रियाशिल सबै ट्रेड यूनियनहरुको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दछौँ ।’

निगमलाई नीजिकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।

नीजिकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रवन्धकको राजिनामा माग गर्दै वायु सेवा निगममा क्रियाशिल ट्रेड युनियनहरु आन्दोलित छन् । आन्दोलनरत ट्रेड युनियनहरुलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले एक्यवद्धता जनाउँदै माग पुरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले नेपाल वायु सेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने बताए ।

निजीकरण गर्न लागिएको भन्दै १० दिनदेखि निगमका कर्मचारी आन्दोलित बनेका छन् । मागसम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने भन्दै कर्मचारीहरुले मंगलबार निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको फोटो सहित कार्यालय प्रवेशमा निषेश व्यानर सहित प्रदर्शन गर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.