अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्यो : इआइए

  २०८१ वैशाख २८ गते १६:०१     विकासन्युज

अमेरिका । संयुक्त राज्य अमेरिकामा मे ३ तारिख अन्त्य भएको सातामा कार्यशील ग्यास भण्डारण दुई हजार पाँच सय ६३ अर्ब घनफिट रहेको अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले बिहीबार बताएको छ । यो अघिल्लो साताको तुलनामा ७९ अर्ब घनफिटले शुद्ध वृद्धि भएको उक्त संस्थाले बताएको छ ।

इआइए ऊर्जाको तथ्याङ्क सङ्कलन, विश्लेषण, सञ्चालन र पूर्वानुमान गर्ने जिम्मेवार सरकारी निकाय हो । इआइएको साप्ताहिक प्राकृतिक ग्यास भण्डारण प्रतिवेदनअनुसार कूल कार्यशील ग्यास भण्डारण गत वर्षको यही समयको तुलनामा २१ प्रतिशतले र पाँच वर्षको औसतभन्दा ३३ दशमलव तीन प्रतिशतले बढेको छ ।

कार्यशील ग्यासलाई भूमिगत भण्डारण गरिएको प्राकृतिक ग्यासको मात्राको रूपमा परिभाषित गरिएको छ । यसलाई प्रयोगका लागि निकाल्न सकिन्छ । यसको भण्डारण क्षमतालाई डिजाइन क्षमता र अधिकतम कार्यशील ग्यास क्षमता गरी दुई तरिकाले मापन गरिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.