हुलाक सेवा विभागका चिठ्ठीपत्र–कार्गो नेवानिले ओसार्ने

  २०७८ असार १५ गते १५:२४     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पश्चिात आगामी जुलाई १ तारिखदेखि निगमको उडानहुने गन्तव्यमा हुलाक सेवा विभागका सामग्रीहरु निगमले मात्र ढुवानी गर्नेछ ।
यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत ढुवानीको काम गर्दै आएको थियो । उक्त सम्झौतापश्चात विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल वायुसेवा निगमको तर्पmबाट महाप्रबन्धक डिमप्रकाश पौडेल र हुलाक सेवा विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.