सभाले पारित गरेको नारायणी डेभलपमेन्ट बैंकको हकप्रद परिमार्जन, राष्ट्र बैंकले दियो स्वीकृति

  २०७८ जेठ २१ गते १३:३५     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रस्तावित २०० प्रतिशत हकप्रद परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकले विकास बैंकको हकप्रद प्रस्तावलाई परिमार्जन गरी १ बराबर १ को अनुपात (१०० प्रतिशत) मा हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।

यसअघि विकास बैंकले चुक्ता पुँजीको १ बराबर २ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो । जुन गत माघ १६ गतेसम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभाले समेत पारित गरेको थियो र स्वीकृतिको लागि राष्ट्र बैंक पठाइएको थियाे । तर, राष्ट्र बैंकले उक्त हकप्रद परिमार्जित गरेर १ः१ को अनुपातमा जारी गर्न संस्थालाई जेठ २० गते स्वीकृति दिएकाे हाे ।

यससँगै, विकास बैंकले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद जारी पश्चात २६ करोड २४ लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित समाचार

नारायणी डेभलपमेन्ट बैंकले थप २०० प्रतिशत हकप्रद जारी गर्ने, बुक क्लोज कहिले ?

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने, पायो बाेर्डकाे अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.