राष्ट्र बैंकले भन्यो- बैंकका शाखा बन्द हुँदैनन्, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा दिनु

  २०७८ वैशाख ३० गते १३:०६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ सेवा स्थगित नहुने दोहोर्याएको छ । प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले काठमाडौं उपत्यकाभित्र बीमा, सहकारी जस्ता सेवा स्थगित भइसकेको समयमा बैंकिङ सेवा भने रोक्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ सेवा स्थगित गर्ने विषयमा सोच्न नसकिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । नेपाल राष्ट्र बैंकले बैशाख १९ गते दिएको ७ बुँदे निर्देशनको अधिनमा रहेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सेवा सुचारु गर्ने पर्ने उनको भनाई छ ।

‘हामीले बैशाख १९ गते दिएको ७ बुँदे निर्देशनको अधिनमा रहेर बैंकिङ सेवा सुचारु गर्नुपर्छ, अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ सेवा बन्द गराउने विषयमा सोच्न सकिदैन तर, कोभिड संक्रमणबाट बच्नको लागि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाईका साथ पालना गर्न गराउन हामीले भनिरहेका छौं,’ बैंकिङ सेवा पनि स्थगित गर्न लागिएको भन्ने विकासन्युजको प्रश्नमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख समेत रहेका ढकालले भने ।

उनले अहिले संचालन नगर्दा पनि हुने सेवा भने स्थगित गर्न सकिने पनि प्रष्ट पारे । यस्तै, प्रत्येक जिल्लामा २५ प्रतिशत शाखा खोल्दा हुने, २५ प्रतिशत कर्मचारी बोलाएर सेवा संचालन गर्ने भन्ने जस्ता राष्ट्र बैंकका निर्देशनको पालना गर्न सकिने उनको भनाई छ ।

महामारीको समयमा उपचार गर्न तथा दैनिक खर्च चलाउन पनि रकम आवश्यक पर्ने भएकोले बैंकिङ सेवा बन्द गर्दा अर्काे प्रकारको समस्या आउन सक्ने राष्ट्र बैंकको भनाई छ ।

यस्तो छ बैशाख १९ गतेको ७ बुदे निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.