टेकु अस्पतालमा पीसीआर परीक्षण राेकियाे

  २०७८ वैशाख २८ गते १२:३९     विकासन्युज

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा पीसीआर परीक्षण रोकिएको छ । अस्पताल प्रशासनले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको जनाएको हो ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणबश अर्काे व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको जनाएको हो ।

कोभिड बिरामीको भर्ना मात्रै लिदैँ आएको सरुवारोग अस्पतालले किट अभावमा पीसीआर परीक्षण राेकेकाे हाे । अस्पतालले विशेष कारण भनेतापनि किट सकिएपछि पीसीआर परीक्षण बन्द भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.