थप ९ हजार २७१ जनामा देखियो कोरोना, ४ हजार बढी निको भए

  २०७८ वैशाख २७ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपालमा थप ९ हजार २७१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ४११ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कुल परिक्षण मध्ये १७ हजार ६२३ वटा आरटी पीसीआरबाट र ७८८ वटा एन्टीजेन्टबाट परिक्षण गरिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने १३९ जनाको मृत्यु भएको छ । उक्त मृतकको संख्या सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमा कोभिड १९बाट मृत्यु भएकाहरुको थप संख्या रहेको मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ४ लाख ३ हजार ७९४ वटा केशहरु पोजेटिभ रहेका छन् भने आइसोलेशनमा पुष्टी भएका केशहरु ९३ हजार १४१ रहेका छन् ।

त्यस्तै, कोरोनाबाट निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । यससँगै निको हुनेको दर ७६ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ३ हजार ८५९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.