अर्थसचिव शिशिर ढुङ्गानालाई रेशमा हराएका रेग्मीः काँग्रेस निकट, घर झापा

  २०७८ वैशाख २६ गते १४:५१     विकासन्युज

काठमाडौं । आज बसेको संवैधानिक परिषदको बैठकले पूर्व सचिव माधव प्रसाद रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले उनलाई अध्यक्षका लागि सिफारिस गरेको हो ।

राजनीतिक हिसावले काँग्रेससँग निकट भएका रेग्मी लोकसेवा आयोगको अध्यक्षको नियुक्तीका लागि सिफारिस भएपछि धेरैले आश्चर्यका रुपमा लिएका हुन् ।

रेग्मीको स्थायी घर भने झापा गौरादह–३ हो । उनको जन्म खोटाङ भएपनि पछि झापामा बसाइसराईं गरेका थिए । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला समेत हो ।

उनले लोक सेवा आयोगमै ८ वर्ष काम गरिसेका छन् । स्थानीय विकास मन्त्रालयका पूर्वसचिव रहेका उनले शिक्षा मन्त्रालय समेत काम गरेका थिए ।

लोक सेवा आयोगको अध्यक्षका लागि अर्थ सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर, उनले शिशिर ढुङ्गानालाई पछि पार्दै बाजी मारेका हुन् ।

राजनीतिक हिसावले काँग्रेससँग निकट मानिन्छन् । तर, प्रधानमन्त्री ओलीले ढुङ्गानाको नाम हटाएर उनलाई सिफारिस गरेका हुन् । रेग्मीलाई काँगेसका सभापति शेर बहादुर देउवाको कोटाबाट नियुक्ती पाएका हुन् । उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्।

परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.