नेपालमा वार्षिक ६९ हजार क्षयरोगका बिरामी थपिँदै, १७ हजारको मृत्यु

  २०७७ चैत १० गते १४:२९     विकासन्युज

काठमाडौं । राष्ट्रिय क्षयरोग केन्द«को अनुसार नेपालमा वार्षिक ६९ हजार क्षयरोगको नयाँ बिरामीहरु देखिने गरेको छ । विभागको अनुसार २०१८/१९ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा वार्षिक ६९ हजार क्षयरोगका नयाँ बिरामी देखिने गरेको हो ।

यसमा वार्षिक १७ हजारको मृत्यु हुने गरेको छ जुन कुल बिरामीको २५ प्रतिशत रहेको छ । केन्द्रका सेक्सन चिफ मुक्ति खनालको अनुसार कुनै पनि महामारीमा २५ प्रतिशत मृत्यु हुँदैन तर क्षयरोगमा अहिले यस्तो अवस्था सर्वेक्षणले देखिएको कारण नेपालको लागि यो चुनौतीको विषय हो ।

श्वास प्रश्वासको माध्यमबाट सर्ने माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक सूक्ष्म किटाणुबाट हुने गरेको सरुवा रोग हो । यस रोगको किटाणु सन् १८८२ मार्च २५ गतेका दिन डा रोर्बेट कोचले पत्ता लगाएका थिए ।

यसको १०० वर्षपछि सन् १९८२ पछि २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइदै आइएको छ ।

नेपालमा यसअघि केही वैज्ञानिक आधारमा क्षयरोगको बिरामी संख्या पत्ता लगाइए पनि यसपटक भने निकै विश्वासिलो मेसिन जिन एक्सपर्टको प्रयोग गरी सही नतिजा ल्याइएको केन्द्रका निर्देशक डा अनुज भट्टचनले बताए ।

भट्टचनको अनुसार हाल देशभर ६० बढि जिल्लाहरुमा क्षयरोग परीक्षण गर्नको लागि जिन एक्सपर्ट मेसिनको प्रयोग गरिन्छ भने यसलाई छिटै १०० वटा थप गरिने तयारीमा रहेको छ ।

विश्वमा भने हाल वार्षिक १ करोड क्षयरोगका नयाँ बिरामी देखा पर्छन जसमा १५ प्रतिशतको मृत्यु हुने गर्दछ जसमा विशेष गरेर अल्पविकसित देशहरु यसको चपेटामा परेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.