कांग्रेस संसदीय दलको बैठक बस्दै

  २०८१ जेठ ७ गते ७:४२     विकासन्युज


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।

सोमबार नै बस्न लागेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ ।

संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। कार्यसमितिको बैठक बिहान ८स्३० बजे र दलको बैठक बिहान ९ बजे बस्ने उनले बताए ।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिनको माग गरिरहेको छ। गृहमन्त्रीलक्षित छानबिन समिति बनाउने विषयमा सरकारले चासो नदेखाउँदा कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.