इरानका राष्ट्रपति चढेको हेलिकोप्टर दुर्घटना, अवस्था अज्ञात

  २०८१ जेठ ७ गते ७:०३     विकासन्युज

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकोप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले जनाएको छ ।

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको आशंका गरिएको खबरमा उल्लेख छ । हेलिकाेप्टरमा राष्ट्रपतिसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अरु धेरै व्यक्ति रहेका इरानका गृहमन्त्री अहमद वाहिदीले पुष्टि गरेका छन् ।

हेलिकाेप्टर खोज्न ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमकाअनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो ।

बीबीसीका अनुसार राष्ट्रपतिको सवारीमा तीन हेलिकाेप्टर संलग्न थिए । यीमध्ये दुई वटाले सुरक्षित अवतरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.