देशका २४ पालिकाः विकासको जग बसालिदै, यी हुन् ठूला योजना

  २०७७ फागुन २७ गते ९:५९     राजीव न्यौपाने

काठमाडौं । २०७२ को संविधानले नेपालको एकात्मक राज्य संरचनालाई परिवर्तन गरेर संघीय व्यवस्थामा परिणत गर्यो । देश संघीय संरचनामा गएपछि सरकार पनि तीन तह (संघीय, प्रदेश र स्थानीय) का भए ।

यी तीनै तहका सरकारको जिम्मेवारी पनि संविधानले नै तोक्यो । आफ्नो क्षेत्रभित्रका विकास निर्माणका काम गर्ने जिम्मेवारी अनुसार विभिन्न स्थानीय तह (पालिका) हरुले योजना तर्जुमा गरी काम गरिरहेका छन् ।

यसै सन्दर्भमा विभिन्न पालिकाहरुले विकास आयोजनाहरुलाई कसरी अगाडि बढाइरहेका छन् भनेर हामीले खोजिगरेका छौं ।

थाक्रे गाउँपालिका

यो गाउँपालिका बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा पर्छ ।

योजना र बजेट

गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रानिघर क्यनानुङ योजना छ । यस ठाउँमा टे«निङ्ग सेन्टरको पनि निर्माण भइरहेको छ । थाक्रेको वडा नम्बर ९ सेरापाखा भन्ने ठाउँमा नेपालको सबैभन्दा अग्लो ४० फिट उचाइ भएको सरस्वतीको मुर्ती बनिरहेको छ । ९३ लाख रुपैयाँको लागतमा यो मुर्तीको निर्माण भइरहेको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य गाउँपालिकाको लेखमा शिवजीले ध्यान गर्दै गरेको मुर्ती बनाउने योजना बनाएको र यस ठाउँभन्दा ५ सय मिटर तलसम्मसडक पनि पुर्याइसकेको बताउँछन् । खानेपानीका योजना, सडक निर्माण, पुर्वाधारको विकासमा जोड दिइएको उनको भनाइ छ ।

आँधिखोला गाउँपालिका

आँधिखोला गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लामा पर्छ ।

योजना र बजेट

गाउँपालिकाकै ठूलो योजनाको रुपमा सडक निर्माणको कामलाई लिन सकिन्छ । ११ कारोड रुपैयाँ बराबरको बजेटमा सडक निर्माणको काम अगाडि बढि रहेको छ । ‘एक घर एक धारा’को अभियान पालिकासले संचालन गरिरहेको छ । गाउँपालिका भित्रका धेरै घरमा खानेपानी पुग्न लागेको छ । सिँचाई सम्बन्धि कामहरु भइरहेको छ ।

के गर्दैछ पालिका ?

पूर्वाधारको विकासमा पनि गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकामा पुल निर्माण सम्बन्धि काम पनि भइरहेको छ । गाउँपालिकाका सम्पूर्ण वडामा सडक अनि बिजुली पुर्याउने काम भइरहेको छ । यस्तै, अस्पताल, विद्यालय भवनहरु निर्माण सम्पन्न भइसकेको र केही स्थानमा निर्माण कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिए ।

विगु गाउँपालिका

यो गाउँपालिका बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा पर्छ ।

योजना र बजेट

गाउँपालिकाको ठूलो योजनाको रुपमा विकास निर्माणका केही काम छन् । डीपीआर गरेर करीब ७ करोड रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । यहाँका ३ ओटा वडालाई पुग्ने गरी खानेपानी व्यवस्थापनको काम भइरहेको छ । खानेपानीको निर्माणाधीन ट्याङ्की व्यवस्थापन गर्ने तथा पाइप लाइनका कामहरु पनि भइरहेको छ ।

पुल निर्माणको काम पनि रहेका छ । ५ नं वडामा २ करोड रुपैयाँको बजेटमा सडक निर्माणको काम भइरहेको छ भने ८ नं. वडामा पनि सडक निर्माणको लागि २ करोड रुपैयाँ बराबरको बजेट गाउँपालिकाले छुट्टयाएको छ । ४ नं. वडाबाट गाउँपालिकाको केन्द्रसम्म जाने सडक निर्माणको कामका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस योजनामा प्रदेश सरकारको पनि सहयोग रहेको छ ।

के गर्दैछ पालिका ?

विकास निर्माणका कामहरु भइरहेको र अबको ५ वर्षपछि अन्य गाउँपालिकालाई कर्जा दिन समक्ष हुने अध्यक्ष युधिष्ठिर खड्काले बताए ।

लालबन्दी नगरपालिका

लालबन्दी नगरपालिका प्रदेश–२ अन्तर्गत सर्लाही जिल्लामा पर्छ ।

योजना र बजेट

ठुलो योजनाको रुपमा पुल निर्माणको काम रहेको छ । नगरपालिकाले १३ करोड रुपैयाँ बराबरको लगानीमा पुल निर्माणको काम गरेको छ भने यसमा ५ करोड रुपैयाँ बजेट संघीय सरकारको सहयोगका रुपमा रहेको छ । नारायण डाँडामा १ करोड रुपैयाँभन्दा माथिको लगानीमा भ्यूटावरको निर्माण भइरहेको छ । नगरपालिकामा धेरै उद्योग पनि सञ्चालन भएका छन् ।

के गर्दैछ पालिका ?

नगरपालिकाको आयश्रोत वृद्धि गर्नको लागि ठुलाठुला भवन निर्माण गरेर भाडा लगाउने काम भइरहेको मेयर मानवहादुर खड्काले जानकारी दिए । ६० लाखसम्म भाडा आउने गरेर भवनको निर्माण गरिने र त्यसबाट आएको रकमको २० प्रतिशत आर्थिक वृद्धका लागि लगानी गर्ने, ५० प्रतिशत रकम वडाहरुका ससाना कामका लागि वितरण गर्दै आइरहेको र बचेको ३० प्रतिशत बजेटबाट नगरपालिकाको ठुलाठुला आयोजना अथवा गौरवको आयोजनाका काम गर्ने गरेको मेयर खड्काको भनाइ छ । यद्यपि, ७० प्रतिशत घरमा बिजुली पुगिसकेको र नगरपालिकाको बाँकी रहेको २ ओटा वडामा पनि यसै कार्यकालको अवधिमा बिजुली पुगिसक्ने मेयर खड्काले बताए ।

रामेछाप नगरपालिका

यो नगरपालिका बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा पर्छ ।

योजना र बजेट

ठुलो योजनाको रुपमा नगरपालिका र संघीय सरकारको साझेदारीमा सडक कालोपत्रे गर्नका लागि डीपीआर गरेर काम अगाडि बढिरहेको छ । ४ करोड रुपैयाँ बराबरको बजेटमा सडक कालेपत्रे भइरहेको छ । संघीय सरकार र नगरपालिकाको ५०–५० प्रतिशत समपुरक बजेटमा हल निर्माणको काम अगाडि बढिरहेको छ । ५ करोड रुपैयाँको बजेटमा टेन्डर प्रक्रियाबाट सो काम अगाडि बढिरहेको छ ।

गौरबको आयोजनाका रुपमा नगरपालिकाको आम्दानीबाट ८ मिटर चौडाईको सडक निर्माण भइरहेको छ । पुल निर्माणको कामहरु पनि सुरु भइसकेको छ । नगरपालिका भित्र भ्युटावरको पनि निर्माण भइरहेको छ । २ करोड रुपैयाँको बजेटमा भ्युटावरको निर्माण भइरहेको हो । लिफ्ट तथा खानेपानी योजनाहरु पनि संघीय सरकारको सहयोगमा अगाडि बढेको छ ।

के गर्दैछ पालिका ?

यो वर्ष कोरोनाको कारणले राजश्व बाँडफाँडको बजेट आउन नसकेको र ५ वर्षको कार्यकालमा जेजति काम गर्ने लक्ष राखिएको थियो, सो अनुसार काम हुन नसकेको मेयर नरबहादुर थापामगरले बताए ।

नौकुण्ड गाउँपालिका

यो गाउँपालिका बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लामा पर्छ ।

योजना तथा बजेट

गाउँपालिकाको ठुलो योजनाको रुपमा नौकुण्ड खानेपानी योजना रहेको छ । यो योजनाको डीपीआरको काम अगाडि बढिसकेको छ । स्याउवारी–गोसाईकुण्ड सडकखण्डको डीपीआर भइसकेको छ । प्रदेशबाट घोरल्लो चोकसम्म जाने सडक पिच हुन लागेको छ । ५० लाख रुपैयाँ बराबरको बजेटमा यो सडक पिच हुन लागेको हो । पुल निर्माणको काम पनि सुरु भएको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिकाको सामान्य विकास निर्माणको काम भइरहेकोे अध्यक्ष नोर्बु स्याङ्वो घलेले बताए । यसका साथै अस्पताल भवनहरु निर्माण हुने क्रममा रहेका छन् ।

नेत्रावती डबजोङ गाउँपालिका

बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा यो गाउँपालिका पर्छ ।

योजना तथा बजेट

गाउँपालिकामा १५ सय बेडको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । ५ करोड रुपैयाँ बराबरको बजेटमा सो अस्पतालको निर्माण भइरहेको छ । त्यसैगरी गाउँपालिकाको भवन बनिरहेको छ भने ३ करोड ३५ लाख रुपैयाँको बजेटमा वडा भवनको निर्माण हुन लागेको छ । यसका साथै स्वास्थ्य भवनहरु कतै निर्माण हुने क्रममा छन् भने कतै निर्माण भइसकेका छन् ।

त्यसैगरी, सडक निर्माणका कामलाई पनि तिव्रता दिएको छ । २ करोड रुपैयाँ बराबरका सडक निर्माणका कामहरु यहाँ धेरै छन् । पालिकाभित्र २ करोड रुपैयाँसम्मको खानेपानी योजनाहरु चलिरहेको छ । ठाउँठाउँमा विद्यालय भवनहरु निर्माण गर्ने काम पनि भइरहेको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिकामा विकास निर्माणको काम भइरहेको र सानो बजेटको आकार भएको कारण धेरै विकास निर्माणको गर्ने नपाएको अध्यक्ष दुर्गकुमार शाक्यले बताए ।

सभापोखरी गाउँपालिका

प्रदेश नं १ अन्तर्गत संखुवासभा जिल्लामा यो गाउँपालिका पर्छ ।

योजना र बजेट

गाउँपालिकाको ठुलो योजनाको रुपमा सडक नै रहेको छ । गाउँपालिकालाई सदरमुकामसँग जोड्ने सडकको स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । त्यस बाहेक गाउँपालिका भित्रका सडक निर्माणको लागि भनेर वार्षिक ६ करोड रुपैयाँ बजेट छुट्याउदै आएको छ । त्यसैगरी खानेपानी व्यवस्थापनको लागि पनि बजेट रहेको छ । यसका साथै गाउँपालिकाको भवन टेन्डर प्रक्रियाबाट ठेक्का लगाएर निर्माण भइरहेको छ । २ करोड ८६ लाख रुपैयाँ बराबरको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । यतिवेला ४ र ५ नं वडामा मात्र विद्युत पुग्न बाँकी छ भने सडक सबै वडामा पुगिसकेको छ ।

के गर्दैछ पालिका ?

२ ओटा वडामा विद्युत पु¥याउन ठेक्का लगाएको अध्यक्ष रतन बहादुर सुब्बाले बताए । गाउँपालिकाको विकास निर्माण कामबाट धेरै युवाले रोजगार पनि पाएको अध्यक्ष सुब्बाले जनाए ।

मनहरी गाउँपालिका

यो गाउँपालिका बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा पर्छ ।

योजना र बजेट

गाउँपालिका भित्र ५ ओटा पुलको निर्माण भइरहेको छ । ५३ करोड रुपैयाँ बराबरको टेन्डर प्रक्रियाबाट ठेक्का लगाएको छ । यो ५ ओटा पुल निर्माण हुँदा गाउँपालिकाको ४ ओटा वडाका नागरिकले ठुलो लाभ प्रप्त गर्नेछन् । पुल निर्माण नहुँदा पानी परेको समयमा विद्यार्थीहरु विद्यालयमा बस्नु पर्ने अवस्था थियो । यातायात सञ्चालन हुन पनि कठिन अवस्था थियोे ।

खानेपानीको योजना पनि गाउँपालिकामा रहेको छ । पालिकाभित्र ८ करोड रुपैयाँसम्मका खानेपानी योजनाहरु चलिरहेका छन् । ४ हजार घरधुरीका नागरिकले शुद्ध खानेपानी पाउने छन् । यो सेवा लिनको लागि नगरिकले सामान्य विद्युत र मिटरको पैसा तिर्नुपर्ने हुन्छ । गाउँपालिकामा धेरै सडकहरु कालोपत्रे हुन थालेका छन् । सडक विकासको सवालमा गाउँपालिका निकै अगाडि बढेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सबै वडामा सञ्चालन भएको छ भने गाउँपालिकामा ५३ जना स्वास्थ्यकर्मी रहेका छन् । १५ सय बेडको अस्पातल निर्माणको लागि टेन्डर प्रक्रिया अगाडि बढिरहेको छ । अस्पताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट रहेको छ । विद्यायलको भवन निर्माण गर्ने काम पनि भइरहेका छ । ५४ करोड रुपैयाँ बराबरको मदन भण्डारी स्मृती खेल मैदान निर्माण गर्ने भनेर २० बिघा जमीनलाई संरक्षण गरिरहेको छ भने यसमा प्रदेश र केन्द्रको सहयोग रहेको छ ।

के गर्दैछ पालिका ?

नेपालको ४ सय ६० गाउँपालिका मध्ये आफ्नै स्रोतबाट ५ वटा पुल एकैपटक ठेक्का लगाउने एक मात्र गाउँपालिकाका मनहरी नै हो भनेर चिनिएको गाउँपालिका अध्यक्ष एकराज उप्रतीले बताए ।

गोकुलगंगा गाउँपालिका

बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ ।

योजना र बजेट

४ सय किलोमिटर बराबरको सडक निर्माण भइरहेको छ । गाउँपालिकाबाट वार्षिक ८ करोड रुपैयाँ बराबरको बजेट सडक विकासको लागि छुट्याएको छ । ‘एक घर एक धारा’ अभियान पनि गाउँपालिकामा रहेको छ । यो आर्थिक वर्षभित्र १७ सय ५० धाराको निर्माण हुँदैछ । करिब २ करोड रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण भएको छ । वडा कार्यालय भवन कतै निर्माण हुने क्रममा छ भने कतै निर्माण भइसकेको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिकामा ठुला योजनाहरु खासै धेरै नभएको साना साना योजनाको काम, पुर्वाधार विकासको काम, कृषि विकासको काम गर्ने गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले बताए । टेन्डर प्रकियाबाट सडकको निर्माण गर्ने काम गाउँपालिकामा भइरहेको तथा १ करोड रुपैयाँ बराबरको विकास निर्माणको काम उपभोक्ता समितिद्वारा गर्ने र प्रदेश, संघको सहयोगमा गाउँपालिकाको ठुला विकास निर्माणको काम गर्ने पनि अध्यक्ष सुुनुवारले जनाए ।

अजिरकोट गाउँपालिका

नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यो गाउँपालिका पर्छ ।

योजना तथा बजेट

गाउँपालिकाको भवन निर्माण भएको छ । २ करोड रुपैयाँको बजेटमा वडा भवन निर्माण भएको छ । सबै वडा कार्यालय भवनको निर्माण भएको छ । टोलटोल सामुदायिक बस्तीमा ३५ ओटा भवनको निर्माण पनि भएको छ । गाउँपालिका भित्र रहेका सबै टोलमा सडक पुगेको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिकामा विकास धेरै गर्ने योजना छ । गाउँपालिकामा वर्षिक बजेटले धेरै विकास निर्माणको काम गर्न नसक्ने र आन्तरिक आय स्रोत कमी रहेको हुनाले प्रदेश र संघको सहयोगमा विकास निर्माणको काम अगाडि बढाई रहेको अध्यक्ष फणिन्द्र प्रसाद धितालले बताए ।

दुधपोखरी गाउँपालिका

यो पालिका गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लामा पर्छ ।

योजना तथा बजेट

गाउँपालिका भित्र ठुलो योजनाको रुपमा खानेपानी योजना रहेको छ । ३ करोड रुपैयाँ बराबरको बजेटमा यो योजनाको काम भइरहेको छ । विद्युतको योजना पनि छ । करिब २ करोड रुपैयाँको बजेटमा विद्युतको काम पनि भइरहेको छ । शैक्षिक विकासको लागि १ करोड रुपैयाँ बजेट छ भने स्वास्थ्य क्षेत्रमा १ करोड २० लाख रुपैयाँ बजेट छ ।

के गर्दैछ पालिका ?

गाउँपालिका बढी ग्रामीण क्षेत्र भएकोले विकास निर्माणको काम धेरै हुन सकेको छैन । ग्रामीण क्षेत्र भए पनि विकास निर्माणको कामलाई प्राथमिकता राखेर नै अगाडि बढिरहेको अध्यक्ष छुपीमाया गुरुङले बताइन् ।

बाह्रविसे नगरपालिका

बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा यो नगरपालिका पर्छ ।

योजना र बजेट

नगरपालिकामा १ सय २ मेगावटको हाइड्रो सञ्चालनमा छ । १७ अर्ब रुपैयाँ बराबरको बजेटमा यो हाइड्रो सञ्चालन भएको हो । धेरैजसो सडकहरु विकास निर्माणकै क्रममा रहेका छन् । ५० देखि ६० लाख रुपैयाँ बराबरको सडक निर्माण गर्ने योजना छ । आँखा अस्पतालको पनि निर्माण सम्पन्न भइसकेको छ ।

के गर्दैछ पालिका ?

नगरपालिकामा विकास निर्माणको काम भइरहेको छ । नगरपालिकामा विकास निर्माणको कामलाई तिव्रता दिइरहेको मेयर निमाफुन्जो शेर्पाले बताए ।

खाँडादेवी गाउँपालिका

यो गाउँपालिका बागमती प्रदेश अन्तरगत रामेछाप जिल्लामा पर्छ ।

योजना र बजेट

मन्थलीबाट गाल्बा जाने सडक ११ किमि र त्यसैगरी दोलखा जोडिने सडक पनि ११ किमि नै कालोपत्रे गर्ने कार्य भइरहेको छ । यी सडकमध्ये एउटा ३४ करोडको लागतमा र अर्काे सडक भने ३६ करोड रुपैयाँको लागतमा कालोपत्रे भइरहेको छ । त्यसैगरी खैरेनीबाट गाल्बा जाने सडक ३ किमि कालोपत्रे भइसकेको छ ।

गाउँपालिकामा धेरै सुख्खा क्षेत्रमा पर्छ । खोलाको पानीलाई ड्याम बनाएर सिँचाइयोग्य बनाउनका लागि डिपिआरको काम अगाडी बढिरहेको छ । ४ करोड ८० लाख रुपैयाँ बराबरको भ्युटावर गाउँपालिकाका भित्र निर्माण भईरहेको छ । गाउँपालिकाको माथिपट्टि १३ फिट अग्लो शिव र बुद्धको मन्दिर निर्माण पनि भइरहेको छ । प्रदेश र संघको साझेदारीमा १५ करोड रुपैयाँ बराबरको अस्पताल निर्माण भइरहेको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिका भित्र रहेको सबै वडा भवनहरुको निर्माण भइसकेको र सेवा प्रवाहमा समस्या नभएको गाउँपालिकाका अध्यक्ष प्रेम वहादुर तामाङ्गले बताए ।

त्रिपुरासुन्दरी गाउँपालिका

यो गाउँपालिका बागमती प्रदेश अन्तरगत सिन्धुपाल्चोक जिल्लामा पर्छ ।

योजना र बजेट

यहाँको वडा नं. ३ बाट वडा नं. ४ हुँदै दोलखासम्म जाने सडकको निर्माण भइरहेको छ । २ करोड रुपैयाँ बराबरको बजेट यसका लागि छुट्याएको छ । ७ करोड रुपैयाँ बराबरको टेन्डरमा गाउँपालिकाको भवन निर्माण भएको छ । कालिन्चोक जाने सडक पनि निर्माणकै क्रममा छ । यहाँका ठूला योजनाका रुपमा सडक सञ्जाललाई नै लिन सकिन्छ ।

के गर्दैछ पालिका ?

विकास निर्माणको काम तीव्र भइरहेको र यसलाई तिब्रता दिइएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए ।

शिवपुरी गाउँपालिका

यो गाउँपाकालिका बागमती प्रदेश अन्तरगत नुवाकोट जिल्लामा पर्छ ।

योजना र बजेट

४ करोड रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण भएको छ । कोल्ड स्टोरको निर्माण अन्तिम चरणमा पुगेको छ । चिसो बनाउने मेशिन खरिद गर्नको लागि अहिले टेन्डरकै प्रकियामा रहेको छ । ठुलो योजनाको रुपमा शिवपुरी कृषि रिङ्गरोड बनिरहेको छ । गाउँपालिकाका कूल ७० किमिको रहने यो सडकको ९० प्रतिसत ट्रयाक खोलिसकेको छ ।

१ नं वडा पर्यटकीय स्थल हो, जसमा भ्यु टावर बनाउने योजना छ । स्वास्थ्य भवनको निर्माण भइरहेको छ । १० बेडको अस्पताकोे डिपिआर टेन्डर गरी भइसकेको छ । गाउँपालिका भित्र शिवपुरी रङ्गशालाको निर्माण भएको छ । यी विभिन्न योजानहरुमध्ये केही सम्पन्न भइसकेका छन् भने केहि सम्पन्न हुने क्रममा छन् ।

के गर्दैछ पालिका ?

राम्रो काम गरेकै हुनाले जिल्लाबाट सम्मानित गरेको र सिंहदरवार गाउँ गाउँमा भएको अनुभव नगरिकलाई दिलाएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा बताउछन् ।

भिमसेनथापा गाउँपालिका

यो गाउँपालिका गण्डकी प्रदेश अन्तरगत गोर्खा जिल्लामा पर्छ ।

योजना र बजेट

कार्यालय निर्माणका लागि २ करोड रुपैयाँ बराबरको डिपिआर गर्न लागिएको छ । ८ ओटा वडालाई समेट्ने गरी ८ मिटर चौडाइको चक्रपथको कल्पना गाउँपालिकाले राखेको छ । यसको डिपिआर पनि तयार भइसकेको छ । योभन्दा वाहेक गाउँपालिकामा ४ वटा खानेपानीको ठुला योजनाहरु पनि रहेका छन् । ८ सय घरधुरीसम्मलाई पुग्ने गरी खानेपानी योजना सम्पन्न हुन लागेको छ । १ सय धारा, अर्काे १ सय ७० धारा र त्यसैगरी ४ सय धारा खानेपानी तर्फ १ करोड रुपैयाँ भन्दा माथिका योजनाहरु पनि काम भइरहेको छ ।

के गर्दैछ पालिका ?

गाउँपालिका कार्यालय भवनको निर्माण भइरहेको छ । भवन निर्माण गर्न १० करोड रुपैयाँ लाग्छ भनेपनि त्यसलाई घटाएर ८ करोड रुपैयाँसम्म मै पनि तयार गर्ने प्रयासमा रहेको र ७ करोड रुपैयाँ बराबरको टेन्डर पनि निकालेको गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले बताए ।

धाैलागिरी गाउँपालिका

गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लामा यो गाउँपालिका पर्छ ।

योजना र बजेट

९ करोड रुपैयाँ बराबरको डिपिआर गरेर अस्पतालको निर्माण भइरहेको छ । सडकमा रहेका बालबालिकालाई पढाउनको लागि भनेर विद्यालयको निर्माण काम पनि रहेको छ । यसका लागि २० करोड रुपैयाँको डिपिआर भएको छ । सडक निर्माण र खानेपानीमा गौरवका योजनाहरु पनि गाउँपालिकामा रहेका छन् ।

के गर्दैछ पालिका ?

ठुला योजना पूरा गर्न कन्सल्टेन्सी हायर गरेर डिपिआर तयार पारेको र टेन्डरको सुचना राष्ट्र दैनिक पत्रिकामा दिने गरेका गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।

कमलामाई नगरपालिका

बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा यो नगरपालिका पर्छ ।

योजना र बजेट

नगरपालिकाको ठुला योजनाहरुमा सिन्धुली गढी दरबारको योजना (बजेट ७ करोड रुपैयाँ), सिन्धुली गढी हिलिफीर योजना (बजेट ३ करोड रुपैयाँ), सिद्ध लाला मन्दिर भ्यू टावरको निर्माण (बजेट ३ करोड ५० लाख रुपैयाँ), नगरपालिका हुँदै चकमके जाने बाटोको योजना (५२ करोड रुपैयाँको), नगरपालिकाको वडा नं. ९ र १० जोड्ने पुलको निर्माण (१२ करोड रुपैयाँको योजना) लगायत छन् ।

के गर्दैछ पालिका ?

नगरपालिका भित्रका साना तिना योजानाहरु त धेरै रहेको र नगरपालिकाम विकाको कामलाइै तीव्रता दिइरहेको मेयर खड्कवहादुर खत्रीले बताए ।

थाहा नगरपालिका

बागमती प्रदेश मकवानपुर जिल्लामा यो नगरपालिका पर्छ ।

योजना र बजेट

नगरपालिकामा १७ सय मेट्रिक टनको निर्माण गरेका भएको छ । यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको छ । कोरोनाले गर्दा पनि यसको काममा ढिलाई भएको छ । ११ करोड ४७ लाख रुपैयाँ बराबरको बजेटमा यो काम अघि बढिरहेको छ । २ ठुला पुल निर्माण भईरहेको छ । एउटा पुल ५ करोड रुपैयाँको लागतमा र अर्काे पुल ७ करोड ५० लाख रुपैयाँको लागतमा बनिरहेको छ । खानेपानीको एउटा योजना सम्पन्न भएर घरघरमा धारा पुगिसकेको छ ।

के गर्दैछ पालिका ?

विकास नै गाउँपालिकाको समृद्ध बनाउने मुल आधार भएकोले विकास निर्माणलाई प्रथामिकता दिएर काम गरिरहेको नगरपालिकाका मेयर लवशेर विष्टले बताए ।

तीनपाटन गाउँपालिका

बागमती प्रदेश सिन्धुली जिल्लामा यो गाउँपालिका पर्छ ।

योजना र बजेट

प्रदेश सरकारको ४३ करोड रुपैयाँ बराबरको ठेक्का आव्हान गरेर २४ करोड रुपैयाँमा गाँउपालिका जानको लागि १४ किमि बाटोको पिच गर्ने काम सुरु भएको छ ।

के गर्दैछ पालिका ?

गाँउपालिकामा धेरै खुद्रा काम थालिएकोले ठूला सडकको पिच गर्न सक्ने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले बताए ।

कालिका गाउँपालिका

बागमती प्रदेशको रसुवा जिल्लामा यो गाउँपालिका पर्छ ।

योजनार बजेट

प्रदेशको साझेदारी कार्यक्रममा शित भन्डारण निर्माण कार्यक्रम रहेको छ । यसको करिब ७० प्रतिशत काम भइसकेको छ । गाँउपालिकामा १५ बेड अस्पतालको शिलान्यास भइसकेको छ । अस्पताको निमार्णको लागि करिब १५ करोडको योजना छ । स्याउबारी पिकनिक स्पट, बुद्धटार भ्यू टावर निर्माण यो योजनाको नाम रहेको छ । यसको लागि ९ कारोड रुपैयाँमा डीपीआर तयार भइसकेको छ ।

के गर्दैछ पालिका ?

पर्यटकीय क्षेत्र बृहत बनाएर काम गर्ने भनेर पिकनिक स्पट निर्माण गर्न, भ्यूटावरको निर्माण गर्ने, पदमार्ग बनाएर गोसाइँकुण्डसम्म जाने बाटो बनाउने लगायतका योजना रहेको अध्यक्ष सीताकुमारी अधिकारीले जानकारी दिइन् ।

दोरम्बा गाउँपालिका

बागमती प्रदेशको रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ ।

योजना र बजेट

गाउँपालिकाको तत्कालिन योजना भनेको खानेपानी रहेको छ । खानेपानीको लागि २ करोड रुपैयाँको बजेट रहेको छ । यसको लागि टेन्डर प्रकियाको सुरु भएको छ । गाँउपालिकामा अस्पताल निमार्णमा १५ बेड रहेको १८ करोड रुपैया बराबरको टेन्डर निकाली सकेको छ । अस्पताल निर्माणको काम २ वर्ष भित्र सक्ने योजना छ ।

के गर्दैछ पालिका ?

गाँउपालिकामा रहेको ठुलो योजना भनेको सडकको स्तर वृद्धि र खानेपानी रहेको र यो बर्ष गत बर्षको जस्तो बजेट फ्रिज जाने नभएको गाउँपालिकाका अध्यक्ष कमानसिंह तामाङ्गले जनाए । सडक निर्माण गर्दा गाँउ जोखिम हुने हो कि भन्ने जनगुनासो आएको र सो विषयमा छलफल भइरहेको तथा गाँउपालिकाको भवन निर्माण गर्नको लागि काम अघि बढेको पनि अध्यक्ष तामाङ्गले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.