मुक्तिनाथ विकास बैंककाे ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सुरु, अब २४ सै घण्टा सेवा पाइने

  २०७७ फागुन ९ गते १४:२४     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंक डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि आस्क मुक्ति भाइ ’ नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको छ ।

बैंककाे अनुसार ग्राहकहरुले यस भर्चुअल सहयाता सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ सै धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको बैंकले जनाएकाे छ ।

यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाइ वा बैंकको मासकट ‘मुक्ति भाई ’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.