सिटिजन्स बैंकका ग्राहकहरुले कालिन्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने

  २०७७ माघ २५ गते १६:३२     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरुले कालिन्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंक र रिसाेर्टबीच आइतबार विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हाे ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले त्रिपुरा रिसोर्टमा सेवा लिंदा विशेष छुट पाउनु हुनेछ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएकाे जनाएकाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.