कोभिड-१९ विरुद्धको खोप लगाउन अब मात्र चार दिन बाँकी, हालसम्म कतिले लगाए ?

  २०७७ माघ १९ गते २२:१७     विकासन्युज

फाइल फाेटाे

काठमाडौं ।  पहिलो चरणको कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप लगाउन अब चार दिन मात्र बाँकी रहेकाे छ । यससँगै सरकारले सूचीकृत सबैलाई खोप लगाउन आग्रह गरेकाे छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि १९१ खोपकेन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । आज छैटौँ दिनसम्ममा एक लाख १३ हजार १७५ व्यक्तिले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा छ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार ८५७ जनालाई खोप दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.