भायानेटको ३५ औं आउटलेट पेप्सीकोलामा

  २०७७ माघ ८ गते ९:२८     विकासन्युज

काठमाडौं । भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आइपिटिभी सेवाहरुलाई नेपालभरि विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै पेप्सीकोलामा आफ्नो सेवालाई विस्तार गरेको छ । उपत्यकामा आफ्ना सेवाहरु अझ प्रभावकारी बनाउन भायानेटल बुधबार  पेप्सीकोलामा आफ्नो ३५ओैं शाखा विस्तार गरेको हो ।

कम्पनीका अनुसार अब पेप्सीकोलावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टरनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् ।

भायानेटले नेपालको पहिलो एफटिटिएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आइपिटिभी सेवा भायाटिभी रहेकाे छ जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी र एसडी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि रहेकाे छ ।

भायानेटकाे १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.