गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच व्यावसायिक सम्झौता

  २०८० चैत २२ गते १७:०१     विकासन्युज

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स बीच व्यावसायिक साझेदारीमा सम्झौता भएको छ । गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सबीच बुधबार व्यावसायिक साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको हाे ।

गरिमा क्यापिटलको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्ट सोलुसनका तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईद्वारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

‘हरेक नेपाली शेयरधनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसनबीच सम्पन्न सम्झौता अनुसार गरिमा क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकवर्गहरुलाई पुँजी बजारसँग सम्बन्धित सेवाहरु आवश्यकता अनुसार प्रदान गर्ने जनाउको छ । यो व्यवसायिक सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थाहरुलाई पुँजी बजारमा सहज, सुरक्षित, र भरपर्दो रूपमा सेवाहरु प्राप्त गर्न सहयोग पु¥याई नेपालको आर्थिक आत्मनिर्भरता र समृद्धिमा टेवा पु-याउनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।