छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश पारित, सञ्चालकमा २ जना निर्वाचित

  २०७७ पुष २९ गते १४:५७     विकासन्युज


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २९ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको १९औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफावाट ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस सेयर गरी कुल २९ प्रतिशत लाभांश पाउने भएका छन् ।

संस्थाको १९औंं वार्षिक साधारण सभा हेटाैंडाको होटल सामना प्रा.लि.मा संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सो सभामा वित्तीय संस्थाका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

काठमाण्डौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हालसम्ममा ६७ जिल्लामा १३७ वटा शाखा मार्फत कुल ३ लाख ७९ हजार ६४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ ।

२०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७६/७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । साथै, संस्थाको अधिकृत पुँजी २ अर्ब रुपैयाँ लाई वृद्धि गरि ३ अर्ब पुर्याउने निर्णय समेत यस साधारण सभाले पारित गरेको छ ।

त्यस्तै, सभाले संस्थाको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गरेको छ । संस्थाले आगामी चार वर्ष कार्यकालको लागी कर्ण बहादुर घले र प्रकाश राज विष्टलाई निर्विरोध निर्वाचित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.