मेरो कार्यकालमा सबै वडाका सडक कालोपत्रे गरिसक्छुः मेयर अर्याल

  २०७७ पुष २८ गते १२:०८     विकासन्युज

गण्डकी प्रदेशको लमजुङ जिल्लामा पर्ने एउटा सुन्दर नगरपालिका हो बेसीशहर । यो नगरपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित छ । लमजुङका ८ वटा स्थानीय तहमध्ये अर्को जिल्लासँग सिमाना नजोडिएको एकमात्र नगरपालिका हो बेसीशहर । यो नगरपालिकामा ११ वटा वडा छन् । मनाङ तथा अन्नपूर्ण पदयात्राको प्रवेशद्वारको रुपमा यो नगरपालिकास चिनिन्छ । प्रथम शाहवंशीय राजा यशोब्रम्हा र त्यसपछिको शाहवंशीय राजाहरुले राज्य गरेको गाउँशहरको लमजुङ दरवार बेसीशहर नगरपालिकामा पर्दछ । कोरोना महामारीपछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ? कोरोनाले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो ? युवाका लागि रोजगारीका अवसर कसरी सिर्जना भइरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः

कोरोना महामारीपछि नगरपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ ?

अहिले यहाँ कोरोनाको त्रास छैन । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकास निर्माणका कामहरु गरिरहेका छांै । कोरोनाको समयमा पनि केही काम भएको छन् ।

पछिल्लो समयमा निरन्तर कामहरु भइरहेको छ । हाल पर्यटन सम्बन्धि काम, टावरहरु निर्माण आदि काम भइरहेको छ । ४ करोड ८१ रुपैयाँमा लमजुङ दरवारको निर्माण भइरहेको छ । पार्क निमार्ण हुँदैछ । पार्कको लागि ६० लाख रुपैयाँ बराबरको काम भइरहेको छ । नगरपालिकाभित्रको सडकहरु पनि कालोपत्रे गरिरहेका छौं । युनिभर्सल चोकदेखि मकैडाँडा हुँदै पालिङ जाने बाटो २ करोड ६६ लाखको आव्हान गरेका छौं । रामचोक जाने बाटो पनि कालोपत्रे हुदैछ । नगरपालिकामा आउटर र आन्तरिक गरी २ वटा रिङरोड रहेका छन् ।

कोरोना भाइरसले शैक्षिक क्षेत्रमा कस्तो असर पु¥यायो, हालको शैक्षिक अवस्था कस्तो रहेको छ ?

कोरोना भाइरसले शैक्षिक क्षेत्रमा ठुलो असर पु¥याएको छ । हामीले विद्यालयहरु पहिलाबाट नै खोलौं भनेका थियांै । संघका प्रशासकहरुले मान्नु भएन । जिल्ला प्रशासनलाई अधिकार दिएको कारण हामीले खोल्दा सिज बन्द गरे । हाल सबै विद्यालयहरु खुल्ला भएका छन् । कोरोनाको त्रास नभइकन नगरपालिकाभित्रका सबै विद्यालयहरुको पठन पाठन सञ्चालन भइरहेको छ ।

नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ?

हामीले गत वर्ष रोजगारीका लागि ५० लाख रुपैयाँ बजेट छुट्टाएका थियौं । युवालाई लक्षित गरेका रोजगारीको केही कर्यक्रमहरु कोभिडका कारण रोकिएको थियो । कर्यक्रमा ७० जना सहभागी भएका थिए । यो कार्यक्रममा वेयरिङ्ग, सव ओभरसीयर , इलेक्ट्रक इन्जिनियर र सिपमुलक तलिमहरु रहेका थिए । युवा रोजगारीको लागि ३५ लाख रुपैयाँ बजेट छुट्टाएका छौं । गत बर्षकै युवालाई दिएको तालिम र रेकिएका तालिम अब सक्ने योजना छ ।

रोजगारीको लागि युवालाई ऋण दिनको लागि १७ लाख रुपैयाँ छुट्टाएका छौं । अहिले नगरपालिकाले अरु संस्थाहरुसँग मिलेर व्याजमा अनुदान दिने अरु संस्थाहरुले लगानी गर्ने योजनाहरुको छलफल गरिरहेको छौं तर यसको टुङगो भएको छैन ।

नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ?

कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । हामीले यस पटक ३० वटा बाख्राको खोरको लागि २० भन्दा बढी बाख्रा पाल्नेलाई ४० हजारको दरले रकम विनियोजन गरेको छांै । गाई, गोरु ल्याउनेलाई ढुवानी खर्च दिएका छौं । घास काट्ने मेसिन उपलव्ध गराएका छौं । पशुपालनमा बोयार जातिको बाख्राहरु वितरण गर्दै अएका छांै । विउ विजनको लागि हामीले हाइब्रिडमा अनुदान दिएका छौं । गत वर्ष हामीले १ सय ११ वटा हाते ट्याक्टर वितरण गरेका थियौं । यो वर्ष ९० वटा वितरण गर्न लागेका छौं । मौरी पालनका लागि गत वषै २ सय घारहरु वितरण गरेका थियौं । यो वर्ष पनि २ सय वटा नै वितरण गर्ने कार्यक्रम छ । गत वर्ष ४ सय वटा टनेल वितरण गर्यौं, यो वर्ष सयभन्दा बढी वितरण गर्न लागेको छौं । टनेलहरु, मौरीका घारहरु, अल्लो, धान काटने मोसिनहरु कृषकहरुलाई वितरण गरेका छौं । कृषिमा मानिस धेरै नआउने भएकाले लागत घटाउनु पर्ने अवस्था रहेको छ । विउविजनहरु हामीले पहिला निःशुल्क वितरण गर्यौं । तर, निःशुल्क वितरण गर्न नहुने रहेछ, किनकि विउ विजन धेरै लैजाने तर विउ नरोप्ने, फालिदिने जस्ता कार्य भएको पनि पाइयो । कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले १ करोड रुपैयाँ बजेट छुट्टयाएको छ ।

स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ?

हाम्रो नगरपालिका र प्रदेश सरकारबीचको समन्वय एकदमै राम्रो छ । प्रदेश सरकारले आफ्नै तरिकाले काम, अनुगमन गर्नुहुन्छ । हाम्रो आफ्नै अनुगमन समिति रहेको छ । हाम्रो अनुगमनले बाख्राको खोर, भँैसी गोठ, टनेलका तरकारी खेती हेर्ने, माछा पालन, आदिको अनुगमन गर्ने टोली छ ।

स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् ?

स्थानीय तहमा धेरै समस्याहरु छन् । पहिला भवन थिएन, कर्मचारीहरु थिएनन् । ऐन कानुन थिएनन् । बजेटको शिर्षकहरु धेरै रहेका छन् । कतिपय कामहरु बजेटमा छुट्टयाउदा त्यो शिर्षकमा नहुने, आवश्यक परेको ठाँउमा बजेट नपुग्ने समस्याहरु रहेको छ । कर्मचारी र जनप्रतिनिधिबीचमा पुरा साथ पाइएको छैन । आर्थिक पारदर्शिता कायम गर्न धौ–धौ परेको छ ।

केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ?

केन्द्र सरकारबाट अलिअलि बजेट आउने गरेको छ । बजेट आउदा ८ देखि १० करोडसम्म आउने गरेको छ । तर यो लगानीले मात्र ठुला ठुला विकास निमार्णको काममा पुग्दो रहेनछ । हामीले पनि अलिअलि बजेट हाल्ने गरेका छौं । केन्द्र सरकारको र हाम्रो सहलगानी रहेको छ । जनताको चाहना अनुसारको कार्यक्रमहरु ल्याउन केन्द्र सरकारले सकेको छैन ।

आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार कसरी गरिरहनु भएको छ ?

हामीले पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिरहेका छांै । हाम्रो नगरपालिका आफैमा एक पर्यटकीय क्षेत्र पनि हो । नगरपालिका क्षेत्रभित्रको सांस्कृतिक, धार्मिक पर्यटन क्षेत्रमा प्रारम्भिक चरणको काम पनि हुन सकेको छैन । सांकृतिक, धार्मिक तथा व्यापारिक हिसावले यो नगरपालिका महत्वपूर्ण रहेको छ । जमजुङ दरवार करोडौ रुपैयाँमा बनिरहेको छ ।

तपाईको नगरपालिकामा सर्वसाधारणहरु प्रयाः कस्ता समस्याहरु धेरै लिएर आउने गर्दाछन् ?

नगरपालिकामा फोहोर फाल्ने ठाँउको समस्या छ । फोहोर व्यवस्थापनको लागि विश्व बैंकको सहयोगमा काम सुरु गर्ने भनिएको पनि हो । ठेक्का पाएको ठेकेदारले काम नगरेपछि पुनः अर्काे टेण्डर आव्हान गर्दैछौं । ढलको समस्या छ । सार्वजानिक जग्गा कम छ । सर्वसाधारणले विशेष गरेर यस्तै समस्या लिएर आउने गर्नुहुन्छ ।

तपाइको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना छ ?

मेरो कार्यकालमा नगरपालिकालाई अरुको नगरपालिकाभन्दा विकसित बनाउने योजना छ । बाटा घाटा, खानेपानी, विद्युत, सडक बत्तीहरु बलेको छ । ढल व्यवस्थित बनाउने योजना छ । खानेपानी व्यावस्थापन गर्ने हो । एक घर एक धारा अभियान २÷३ वटा वडामा सकिएको छ । बाँकी वडाहरुमा पनि यो कार्यक्रम सम्पन्न गर्दैछौं । कृषिलाई व्यावसायिक बनाउने हो । सबै वडाहरुको सडकलाई कालोपत्रे गर्ने योजना पनि रहेको छ ।

कस्तो किसिमको योजनालाई प्रथमिकता राखेर काम गरिरहनु भएको छ ?

हामीले बिद्युत, खानेपानी, यातायात, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेका छौं । पूर्वाधार विकास पनि प्रथमिकता राखेका छौं । सामुदायिक भवनको निर्माण भइरहेको छ । विद्यालयको भवनहरु बनाउने र विभिन्न योजनालाई प्रथमिकता राखेर काम गरिरहका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.