साेमबार ४०३ जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

  २०७७ पुष २० गते १७:१२     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४०३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ४०३ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ५ हजार २८९ पुगेकाे छ ।

नेपालमा आजसम्म १९ लाख ५२ हजार ९०३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ५९४ जना निकाे भएसँगैं हालसम्म २ लाख ५५ हजार ८८ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या १८८५ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.