सूर्योदय वोमी लघुवित्तको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  २०८१ जेठ ७ गते ७:२८     विकासन्युज

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

विद्यमान संस्थापक सेयधनीहरूका लागि मात्रै यो सेयर बिक्रीमा राखिएको संस्थाले जनाएको छ । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी ललितपुर महालक्ष्मीमा रहेको कर्पोरेट कार्यालय वा सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा पेस गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.