एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टको लाभांश घोषणा

  २०७७ पुष १७ गते १०:५१     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्टले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २.८५ प्रतिशत बोनस र कर बापत ०.१५ प्रतिशत नगद गरी ३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई कम्पनीकाे वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँ रहेको छ । २.८५ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १६ करोड रुपैयाँ नाघ्ने छ ।

कम्पनीले आईपीओ जारी गरेकै वर्ष सेयरधनीलाई लाभांश वितरण गर्ने भएकाे हाे । कम्पनीले गत साउनमा मात्रै कूल ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता प्राथमिक सेयर निष्काशन गरेकाे थियाे ।

सम्बन्धित समाचार

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानी गर्नुस्, प्रतिफल सुनिश्चित छः सीईओ खतिवडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.