भुक्तानी नगरेपछि इन्टरनेट सेवा अवरुद्ध

  २०८१ वैशाख २० गते १७:५४     विकासन्युज

काठमाडौं । नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवा अवरूद्ध भएको छ । बिहीबार ४ बजेदेखि अधिकांश इन्टरनेट सेवा अवरूद्ध भएको हो ।

भारतीय अपस्ट्रीम सेवा प्रदायक कम्पनीले इन्टरनेट सेवा काटेपछि नेपालको इन्टरनेट ठप्प भएको हो । वर्ल्ड लिङ्कका अनुसार भारतीय कम्पनीलाई भुक्तानी गर्नु पर्ने रकम नगरेका कारण सेवा अवरूद्ध भएको हो ।

आफूहरूले विदेशी मुद्राको लागि नेपाल सरकारबाट अनुमति प्राप्त नगरेका कारण भुक्तानी रोकिएको वर्ल्डलिङ्कले बताएको छ । साथै, छिट्टै सेवा सूचारू गर्ने विषयमा पहल भइरहेको कम्पनीको भनाइ छ ।

नेपालका इन्टरनेट सेवा कम्पनीहरूले ३ अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको तथ्याङ्क छ ।

ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.