सेयर बजारमा ७ अंकको गिरावट, ४ अर्बको कारोबार

  २०८१ वैशाख २० गते १५:३०     विकासन्युज


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा ७.३१ अंकको गिरावट आएको छ । योसँगै नेप्से परिसूचक १९९८.९६ अंकमा अडिएको छ ।

यस दिन ३०८ कम्पनीको ९४ लाख ९८ हजार २९८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

१६१ कम्पनीको सेयर घट्दा ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ को स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै आइएमई लाइफको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १५ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाका लगानीक छन् । यस दिन यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए । विजय लघुवित्त वित्तीय संस्थाले ९.७१ प्रतिशत, आरएसडिसी लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतले कमाए ।

आज सबैभन्दा धेरै गुमाउनेमा पिपुल्स पावर कम्पनीका लगानीकर्ताले छन् । आज यस कम्पनी लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.