अपाङ्गता तथा अन्य बिरामीलाई गाउँमै गएर चेकजाँच गर्दै अछामकाे मेल्लेख गाउँपालिका

  २०७७ पुष २ गते १४:५३     विकासन्युज

काठमाडाैं । अछामकाे मेल्लेख गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति तथा र अन्य बिरामीहरुलाई गाउँमै गएर चेकजाँच गर्ने कामलाई तीब्रता दिएको छ । गाउँपालिकाले एक अभियान अन्तर्गत अपाङ्गता भएका व्यक्तिलाई एमबीबीएस डाक्टरद्वारा गाउँकै स्वास्थ्य संस्थामा गई चेक जाँच र स्वास्थ्य सेवा दिइरहेकाे हाे ।

गाउँगाउँमा गई चेकजाँच गरी अपाङ्गता परिचय पत्र वितरण गर्ने उद्देश्यका साथ गाउँपालिकाले उक्त अभियान शुरू गरेकाे हाे । पुस १ गते मात्रै मेल्लेख गाउपालिका वडा न ६ शोडषादेवीमा ४७ जना अपाङ्गता भएका व्यक्तिलाई चेकजाँच गरिएकाे गाउँपालिकाले बताएकाे छ ।

यस्तै, साेही दिन मेल्लेख गाउपालिका वडा न ७ नन्देगडामा पनि २२ जनाको चेक जाँच गरिएकाे छ। जसअनुसार शारिरीक मानसिक र अन्यरुपमा अशक्त भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्ने मेल्लेख गाउपालिकाको लक्ष्य अनुसार साे कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहीको नेतृत्वमा सो टोली मेल्लेख ६ शोडषा र मेल्लेख ७ नन्देगडा पुगेको हो । टोलीमा मेल्लेख शिक्षा शाखा प्रमुख विरेन्द्र खडका, कोभिड अस्पतालका एमबीबीएस डाक्टर दिबान्सु भट्ट, स्टाफ नर्स भगवती चन्द शाह, वडा न ६ का अध्यक्ष नरपति रावल, वडा न ७ का वडा अध्यक्ष नर बहादुर साउद, सदस्य अमर बिक तथा जनप्रतिनिधि लागायतको सहभागिता रहेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.