ग्लोबल आईएमई लघुवित्तले घोषणा गर्याे हालसम्मकै उच्च लाभांश, कुन वर्षमा कति ?

  २०७७ मंसिर २९ गते १०:१०     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको संस्थाको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २८.९२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जुन संस्थाले हालसम्म वितरण गरेको लाभांशभन्दा बढी हो ।

संस्थाले गत आवको नाफाबाट २७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी २८.९२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले साे मात्राकाे लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ रहेको छ । २७.४७ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३३ करोड रुपैयाँ नाघ्ने छ ।

संस्थाले हालसम्म ५ वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरिसकेको छ । संस्थाले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई १८.४२ प्रतिशत लाभांश (१७.५ प्रतिशत बोनस र ०.९२ प्रतिशत नगद) वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७४/७५को १५.७८७५ प्रतिशत, २०७३/७४ को २१.०५ प्रतिशत, २०७२/७३ को २० प्रतिशत र २०७१/७२को १३.६८ प्रतिशत लाभांश सेयरधनीलाई वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.