बुधबार फेरी ५०० ले बढ्याे सुनकाे मूल्य

  २०७७ मंसिर १७ गते ११:०७     विकासन्युज

काठमाडाैं । बुधबार फेरी सुनकाे मूल्य ५ सयले बढेकाे छ । मंगलबार प्रतितोला ९० हजार पाँच सय रुपैयाँमा काेराेबार भएकाे सुन बुधबार ताेलाकाे ९१ हजार रुपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । मंगलबार ९० हजार पचास रुपैयाँमा कारोबार भएकाे तेजाबी प्रतितोला ५०० ले बढेर ९० हजार ५५० रुपैयाँ पुगेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ३० रुपैयाँले बढेर प्रतितोला ११८५ रुपैयाँ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.