बुधबार तीन हजार बढीमा देखियो कोरोना, पाैने चार हजार निकाे भए, ३० जनाको मृत्‍यु

  २०७७ कार्तिक १९ गते १७:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ५ बजेसम्ममा थप तीन हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या ३६ हजार ९ सय ११ पुगेको छ ।

नेपालमा आजसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३ हजार ८४४ जना निको भएका छन् भने हालसम्म १ लाख ४४ हजार ९४८ जना निको भएर घर गइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्‍यु भएको छ । यो सँगै नेपालमा मृत्‍यु हुनेको संख्या १०३४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.