बुधबार एक हजार ९५४ काेराेना संक्रमित थपिए, ११ जनाकाे मृत्‍यु

  २०७७ कार्तिक १२ गते १६:२५     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप एक हजार ६३७ र उपत्यकामा ८४३ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ३५४ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३९ हजार ६ सय ४३ पुगेकाे छ ।

नेपालमा आजसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २९८१ जना निकाे भएसँगैं हालसम्म १ लाख २१ हजार ८२४ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ११ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ८८७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.