नख्खुको नेपालीले जिते यामाहा फसिनो १२५ एफआई बाइक

  २०७७ असोज २६ गते १७:३०     विकासन्युज

काठमाडौं । लिभोन नेपालको “सिल्की हेयर एण्ड स्मूथ राइड” योजना अन्तर्गत नख्खु निबासी सुबोध कुमार यादव नेपालीले यामाहा फसिनो १२५ एफआई बाइक जितेका छन् ।

मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अंकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी थिइन् । जस अनुसार १ महिनाको लकडाउन पछिको “सिल्की हेयर एण्ड स्मूथ राइड” लक्की ड्र मा नेपालीले उक्त बाइक जितेका हुन् ।

उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १० जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ । यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।

यो उपभोक्ता योजना अर्को १ महिनासम्म जारी रहनेछ । एक जिम्मेवार एवं उत्तरदायी संस्था भएको नाताले लिभोन र भाटभटेनी दुवै संस्थाले बाँकी अवधिमा प्रतियोगिता संचालनको दौरान सुरक्षाका सबै मापदण्डहरु अबलम्बन गरिने प्रतिबद्धता पनि व्यक्त गरिन्छ ।

लिभोन नेपाली युवतीहरु लक्षित उत्पादन हो, ती युवतीहरु जो स्वाबलम्वी, महत्वाकाँक्षी र स्टाइल–प्रेमी छन् । सल्फेट र पाराबेन रहित स्याम्पू र कण्डिसनरहरुका साथमा लिभोनले नेपालको केश स्याहार बजारमा छोटो अवधिमै एक भिन्नै अग्र स्थान ओगट्न सफल भएको छ । लिभोनका नयाँ केश स्याहार उत्पादनहरु आफ्ना उपभोक्ताहरुलाई ‘गूड हेयर डे, एभ्री डे’ प्रदान गर्न प्रतिबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.