यस्तो छ अत्याधुनिक विशेषतायुक्त ‘जीप कम्पास ट्रेलहक’, मूख्य फिचरमा ९ गियर

  २०७७ असोज २४ गते १८:००     विकासन्युज

काठमाडाैं । अमेरिकन अटोमेकर कम्पनी ‘जीप’ को नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लू लाईफले ‘जीप कम्पास’ का विभिन्न मोडेलहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । ती मोडेलहरुमध्ये उत्कृष्ट ट्रान्समिशन, पावरफुल इञ्जिन, राम्रो माइलेज, उत्कृष्ट अफरोड क्षमता र मल्टिपल टेरेन मोड्स समावेश भएको एसयूभी ‘जीप कम्पास ट्रेलहक’अत्याधुनिक विशेषतायुक्त एउटा प्रिमियम एसयूभी हो ।

कम्पनीले हाल नेपाली बजारमा १ करोड २८ लाख ८० हजार रुपैयाँ मूल्य तोकेको यस एसयूभीमा २.० लिटर टर्बोचार्ज्ड डिजेल इञ्जिन दिइएको छ जसले १७३ पीएसको पावर र ३५० एनएमको टर्क प्रोड्युस गर्दछ । यो इञ्जिनमा ९-स्पिड अटोमेटिक म्यानुअल ट्रान्समिशन पनि दिइएको छ । यस एसयूभीलाई जीप एक्टिभ ड्राइभ ४x४ लो सेटिङ्गको साथ पेश गरिएको छ । यसमा ड्राइवरले टेरेन सेलेक्सनमा अटो, स्नो, मड र स्यान्ड जस्ता ड्राइभिङ्ग मोडको अप्सन पाउने छन् ।

यस एसयूभीमा १७ इञ्चको अलोए व्हिल्स, ८.४ इञ्च यू कनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, बिल्ट-इन-नेभिगेशन र ७ इञ्च मल्टि-इन्फर्मेशन डिस्प्ले पनि समावेश छ । त्यसैगरी, अन्य फिचरहरुको रुपमा क्रूज कन्ट्रोल, इञ्जिन स्टार्ट/स्टप र एउटा प्यानारोमिक सनरुफ पनि दिइएको छ ।

कम्पास ट्रेलहकमा ७० भन्दा बढि सेफ्टि र सेक्युरिटी फिचरहरु समावेस छन् । यस एसयूभीमा ६ ओटा एयर ब्यागहरु, रोल ओभर मिटिगेसन, स्पिड वार्निङ्ग, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक, ट्र्याक्सन कन्ट्रोल सिस्टम, कर्नरिङ्ग फग ल्याम्प्स, पेडेस्ट्रियन प्रोटेक्सन, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, लेन डिपार्चर वार्निङ्ग प्लस, फुल स्पिड कोलिजन प्लस, फ्रन्ट एण्ड रियर पार्किङ्ग सेन्सर्स, रियर क्रस पाथ डिटेक्सन लगायतका सेफ्टि फिचरहरु पाउन सकिन्छ ।

यस अफरोडरको ग्राउण्ड क्लियरेन्स २०५ मिलिमिटर रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटि चाहिँ ६० लिटरको रहेको छ । त्यसैगरी ५ सिटर यस एसयूभीले १६.३ केएमपीएलको माइलेज दिन्छ ।

वास्तवमा रेड एक्स्टेन्सनको साथ ओभरअल ब्ल्याक इन्टेरियर थिम दिइएको यस एसयूभीले सबैलाई लोभ्याउने निश्चित छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.