शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेको निरन्तरता, समितिले दियाे सहमति

  २०७७ असोज १२ गते १९:२७     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप्रकाश पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिकाे प्रस्ताव बीमा समितिले स्वीकृत गरेकाे छ । गत विहीबार बीमा समितिले पाण्डेको नियुक्तीमा सहमति दिएको सम्बद्ध स्रोतले बतायो ।

दुई साताअघि शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको थियो ।

बीमा समितिको सहमति पत्र शिखर इन्स्योरेन्स कम्पनीले आइतबार प्राप्त गरेको छ । नेपाल बीमक संघकाे अध्यक्ष समेत रहेका पाण्डेकाे पुर्न नियुक्तीको विषय बीमा क्षेत्रमा निकै चासोको विषय बनेको थियो ।

भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् ।

२०६१ सालमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्दै आएका पाण्डे १२ वर्षसम्म स्थायी कर्मचारी भएर काम गरेका थिए । बीमकको संस्थागत सुशासन निर्देशिकाले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत करारमा मात्र नियुक्त हुनु पर्ने व्यवस्था गरिएपछि उनी २०७३ सालदेखि शिखरमा करारमा नियुक्त छन् ।

‘शिखर इन्स्योरेन्सले पुँजी वृद्धि गर्दा लगानीकर्तासँग गरेको प्रतिवद्धता अनुसार हामी काम गछौं’ पाण्डेले विकासन्युसँग भने–‘नयाँ प्रडक्टहरु ल्याउने, प्रविधिको अधिकतम प्रयोग गर्दै सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने काम गर्नुछ । समग्र बीमा क्षेत्रलाई गरिमा र प्रतिष्ठा माथि लैजान विगतमा भन्दा राम्रो भूमिका खेल्ने प्रयास गर्छु ।’

सम्बन्धित समाचार


दीपप्रकाश पाण्डेको के गल्ती ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.