यी हुन् विश्वका सबैभन्दा लामो पाँच रेलमार्ग

  २०८१ वैशाख १३ गते ७:४१     विकासन्युज

काठमाडौं । म्याग्लेभ र बुलेटजस्ता हाई स्पिड ट्रेनहरूको साथ तपाईं आँखा झिम्काउँदा एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्नुहुन्छ । तर, आज पनि संसारमा यस्ता धेरै रुट छन् जसमा यी ट्रेनहरू पनि पसिना बगाउन बाध्य छन् ।

हामी विश्वको सबैभन्दा लामो रेल मार्गहरूको बारेमा कुरा गर्दैछौं । यीमध्ये एउटा बाटो यति लामो छ कि यो एउटा महासागरबाट सुरु भएर अर्को महासागरमा जान्छ । विश्वका पाँचवटा लामो रेल मार्गमध्ये भारतसँग पनि एउटा रुट छ ।

ट्रान्स-साइबेरियन रेल्वे

रुस क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो देश हो । विश्वको सबैभन्दा लामो रेल मार्ग पनि रुसमा छ । यसले देशको राजधानी मस्कोलाई पूर्वी शहर भ्लादिभोस्तोकसँग जोड्छ । ९ हजार २ सय ५९ किलोमिटर लामो यो रुटमा सामान्य रेलले यात्रा पूरा गर्न सात दिन लाग्छ । यदि भारतको वन्दे भारत १ सय ६० किलोमिटर प्रतिघण्टाको पूर्णगतिमा चल्यो भने यो मार्गमा यात्रा गर्न लगभग ५८ घण्टा लाग्छ । त्यसैगरी ४ सय ६० किलोमिटरको गतिमा गुड्ने चीनको म्याग्लेभ ट्रेनले पनि यात्रा पूरा गर्न २० घण्टा लाग्ने छ ।

टोरन्टो टु भ्यानकुभर

संसारको दोस्रो सबैभन्दा लामो रेलमार्ग क्यानडामा छ । चाखलाग्दो कुरा के छ भने क्यानाडा क्षेत्रफलको हिसाबले विश्वको दोस्रो ठूलो देश हो । यो मार्गले टोरन्टोलाई भ्यानकुभरसँग जोड्छ । यसको लम्बाइ ४ हजार ४ सय ६६ किलोमिटर छ। आधिकारिक रूपमा यो यात्रा पूरा गर्न चार दिन लाग्छ । यस ट्रेनबाट प्रकृतिको मनोरम दृश्यहरू देख्न सकिन्छ । यस रुटमा चल्ने ट्रेनको न्यूनतम भाडा ५ सय २९ डलर हो । बुलेट ट्रेनले यस रुटमा ११ घण्टाभन्दा बढी समय लिनेछ भने वन्दे भारतले पूर्ण गतिमा यो यात्रा एक दिनमा कभर गर्न सक्छ ।

सांघाई टु ल्हासा

विश्वको तेस्रो ठूलो रेलमार्ग चीनमा छ । यसले देशको आर्थिक राजधानी सांघाईलाई तिब्बतको ल्हासासँग जोड्छ । यसको लम्बाइ ४ हजार ३ सय ७३ किलोमिटर छ । यस रुटमा चल्ने रेल नम्बर जेड१६४ ट्रेनले यात्रा पूरा गर्न ४६ घण्टा ४४ मिनेट अर्थात करिब दुई दिन लगाउँछ । यो सांघाई रेल्वे स्टेसनबाट बिहान ८ः०२ बजे छुट्छ र दुई दिनपछि साँझ ६ः४६ बजे ल्हासा पुग्छ । बुलेटलाई पनि यो यात्रा पूरा गर्न आधा दिन लाग्नेछ ।

सिड्नी टु पर्थ

अअस्ट्रेलियाको रेलमार्ग यो सूचीमा चौथो नम्बरमा छ । सिड्नी र पर्थ जोड्ने यो मार्ग ४ हजार ३ सय ५२ किलोमिटर लामो छ । यस रुटमा इन्डियन प्यासिफिक ट्रेन चल्छ जसले चार दिनमा यात्रा पूरा गर्छ । यो हिन्द महासागरको तटबाट बगेर प्रशान्त महासागरको तटमा पुग्छ । यस यात्राको क्रममा तपाईंले प्रकृतिका धेरै चमत्कारहरू पनि देख्नुहुनेछ । यस अवधिमा ट्रेन संसारको सबैभन्दा लामो सिधा स्ट्रेच हुँदै जान्छ । यो ४ सय ७८ किलोमिटर लामो स्ट्रेच दक्षिण अस्ट्रेलियामा छ जसलाई द न्युलरबोर भनिन्छ। वन्दे भारतले पूर्ण गतिमा यात्रा पूरा गर्न एक दिन लाग्छ ।

डिब्रुगढ टु कन्याकुमारी

भारतको सबैभन्दा लामो रेल्वे लाइनले आसामको डिब्रुगढलाई तमिलनाडुको कन्याकुमारीसँग जोड्छ । यो विश्वको पाँचौं लामो रेलमार्ग हो । यसको लम्बाइ ४ हजार २ सय २७ किलोमिटर छ। यस रुटमा चल्ने विवेक एक्सप्रेसले आफ्नो यात्रा पूरा गर्न ७२ घण्टा लाग्छ । यदि वन्दे भारत एक्सप्रेस यस रुटमा फुल स्पिडमा चल्यो भने यो दूरी पूरा गर्न २६ घण्टाभन्दा बढी समय लाग्ने छ । त्यसैगरी म्याग्लेभ ट्रेनले यो दूरी पार गर्न करिब १० घण्टा लाग्नेछ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.