मर्जरसम्बन्धी सिभिल बैंकको जवाफः अहिलेसम्म औपचारिक निर्णय भएको छैन

  २०७७ असोज ५ गते ११:३७     विकासन्युज

काठमाडौं । सिभिल बैंकले मर्जरकाे विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको बताएको छ । हिमालयन बैंकसँग मर्जरमा जाने हल्ला फैलाएर सेयर मूल्यमा असर पार्ने काम गरेको हो वा होइन भन्ने नेप्सेको प्रश्नमा बैंकले उक्त जवाफ दिएको हो ।

मर्जरको लागि अनौपचारिक कुरा भएपनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनैपनि औपचारिक निर्णय नभएको सिभिल बैंकले जानकारी दिएको छ ।

‘नेपाल राष्ट्र बैंकले लिएको मर्जरको नीति अनुरूप बैंकले मर्जर गर्नको लागि सम्भावित उपयुक्त बैंकहरु खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनाैपचारिक रुपमा कुरा अगाडि बढाएको भएतापनि हालसम्म बैंकको मर्जर समिति तथा संचालक समितिबाट कुनैपनि औपचारिक निर्णय भएको छैन ।’, बैंकले जनाएको छ ।

त्यसैले बैंकले सेयर मूल्यमा असर पर्ने कुनैपनि सूचना प्रवाह नगरेको र यो विषयमा प्रकाशित समाचारहरुको बारेमा बैंकको कुनै आधिकारिक निर्णय नभएको समेत बैंकले जनाएको छ ।

आइतबार(असाेज ४ गते) सेयर काराेबार खुलेकाे केही मिनेटमै सिभिल बैंकको सेयर मूल्य एकाएक १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको थियो । यससँगै हिमालयन र सिभिल बैंक मर्जरमा जार्ने हल्ला फैलाएर बैंकको सेयर मूल्यमा चलखेल गरिएकाे जानकारहरुले बताएका थिए ।

सम्बन्धित समाचारः

हिमालयन बैंक मौन बस्दा सिभिल बैंक तनावमा
नेप्सेले सिभिल बैंकलाई सोध्योः हिमालयनसँग मर्जरको हल्ला चलाएर सेयरको भाउ बढाएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.