ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ डिजिटल वालेटबाट आवेदन दिन सक्ने

  २०७७ भदौ ३ गते १४:४०     विकासन्युज

काठमाडौं । बैंक ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंककाे सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् ।

एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत बार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाकाे निर्णय गर्ने गरी घर, सवारी र व्यवसाय कर्जा याेजना ल्याएकाे छ । ती कर्जामा अन्य बैंकका कर्जा पनि स्वाप गर्न मिल्ने, पहिलाे बर्ष ब्याजदर परिवर्तन नहुने, प्रशासनिक शुल्क शून्य दशमलव २५ प्रतिशतमात्रै लाग्ने जस्ता विशेषता छन् ।

‘खल्ती’ डिजिटल वालेटका प्रयाेगकर्ताले वालेटमा रहेकाे एनआइसी एशिया बैंक सुपर चमत्कारिक कर्जाको आइकनमा ट्याप गरेर ती तीन प्रकारका कर्जामध्ये आफूलाई चाहिएकाे कर्जाका लागि आवेदन दिन सक्नेछन् ।

‘खल्ती’ले एपमार्फत ऋण लिन चाहने बैंकका ग्राहककाे आवेदन संकलन गर्ने मात्रै काम गर्ने छ । संकलित आवेदनहरू थप प्रक्रियाका लागि एनआइसी एशिया बैंकमा पठाइदिने छ ।   खल्तीसँगकाे सहकार्यले अब ऋण चाहिने ग्राहले बैंकका शाखा कार्यालयहरूमा धाउनु पर्ने अबस्थाकाे अन्त्य भएकाे एनआइसी एशिया बैंकले जनाएकाे छ । ग्राहकले खल्ती मार्फत ऋणकाे लागि आवेदन गरेपछि बैंकले आफैं थप प्रकृयाका लागि ग्राहकसँग सम्पर्क गर्ने छ ।यसले गर्दा  बैंककाे पहुँच विस्तार भएकाे र ग्राहकले पनि घरमै बसेर ऋण लिन सक्ने बैंकले जानकारी दिएकाे छ ।

‘खल्ती’ डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’ का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.