कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्याङ्क

  २०७७ असार १५ गते ६:२९     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार आज विहान ६ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख ३८ हजार १ सय ९९ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ५ लाख ४ हजार ७८ जनाको मृत्यु भइसकेको छ भने ५५ लाख ४९ हजार ७ सय २९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २८ हजार ४ सय ३७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २६ लाख ३७ हजार ३९ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ९७ पुगेको छ भने अहिलेसम्म १६ हजार ४ सय ८७ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १२ हजार ७ सय ७२ जना संक्रमित भएका छन् भने २८ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३ हजार १३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभार ः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.