इपानको निर्वाचनः कार्यसमिति एकातर्फ, असन्तुष्ट पक्ष अर्कैतिर

  २०७७ असार १४ गते १३:२९     विकासन्युज

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)को नयाँ नेतृत्वको लागि भोलि निर्वाचन हुने भएको छ । अध्यक्ष, पदाधिकारी  र सदस्यसहित १५ सदस्यीय कार्यसमितिको निर्वाचनमा दुई समूह बनेर निर्वाचनको प्रतिस्पर्धा गर्दैछन् ।

अध्यक्ष पदमा कृष्ण आचार्य र सूर्य अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । आचार्य समूहको उम्मेदवारमा वर्तमान कार्यसमितिका अध्यक्ष वाहेक सबै अटेका छन् भने अधिकारीको समूहका उम्मेदवारमा वर्तमान कार्यसमिति सदस्यबाट एक जना पनि नभएको अधिकारीले बताए ।

आचार्यको समूहमा उपाध्यक्षमा गणेश कार्की, कुमार पाण्डे र आषिश गर्ग उम्मेदवार बनेका छन् । पाण्डे अहिले पनि उपाध्यक्ष छन् भने गर्ग वर्तमान महासचिव हुन् । कार्की कार्यसमिति सदस्य छन् ।

आचार्यको समूहबाट महासचिवमा मोहन डाँगी उम्मेदवार बनेका छन् । ३ वटा सचिव पदका लागि भीम पाठक, राम आचार्य र आनन्द चौधरी उम्मेदवार बनेका छन् ।
कोषाध्यक्षमा सुधिर तिमल्सिनाले उम्मेदवारी दिएका छ । खुला सदस्यहरुमा नरेन्द्र पन्त, भरत खड्का, प्रकाश श्रेष्ठ, मोहन कार्कीले उम्मेदवारी दिएका छन् । महिला आरक्षण सदस्य समूहमा कविता कँडेल र इन्दिरा पन्त उम्मेदर बनेका छन् ।

अधिकारीको समूहबाट उपाध्यक्षहरुमा उत्तम लामा, बलराम खतिवडा, भरत खत्री, महासचिव गोरे शेर्पा, सचिवहरुमा भरत लामिछाने थापा, सुमन कुमारी जोशी, प्रकाश दुलाल, कोषाध्यक्ष मिथुन सिपी पौडेल उम्मेदवार छन् ।

खुला सदस्यहरुमा विक्रम विष्ठ, जीतमान शेर्पा, अर्जुनप्रसाद पौडेल, इशा श्रेष्ठ र आरक्षिण महिला सदस्यमा अविज्ञा मल्ल, केशाङ विकी लामाले उम्मेदवारी दिएका छन् ।
यसअघि ९ सदस्यीय कार्यसमिति चयन गर्ने अभ्यास भएपनि अहिले विधान संशोधन गरी १५ सदस्यी बनाइएको छ । इपानमा १७६ जना मतदाता रहेको छन् । भोलि १० बजेदेखि मतदान हुने भनिए पनि ठेगाना अझै तय नभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.