नेपालमा थप ५ सय ९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्याे

  २०७७ असार १२ गते १६:२३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ५ सय ९३ जनामा कोराेना भाइरस देखिएको बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार ७ सय ५५ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या २६ सय ९८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २७ जनाको मृत्यु भइसकेकाे छ ।

कतिकाे परीक्षण ?

हालसम्म २ लाख ६ हजार २ सय ७१ काे पिसिआर विधि र २ लाख ९० हजारकाे ३ सय ४९ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन । हाल देशभर ७१ हजार १२ जना क्वारेन्टिनमा रहेका छन् भने ९ हजार ३० जना आईसाेलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.