वितेको २४ घण्टामा थपिए करिब १ लाख ८० हजार कोरोना संक्रमित

  २०७७ असार १२ गते ६:१०     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख १ हजार ५ सय ६२ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ९० हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ भने ५२ लाख ५४ हजार ९ सय ६६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २६ हजार ७ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २५ लाख ४ हजार २ सय ९८ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ भने अहिलेसम्म १५ हजार ३ सय ८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ११ हजार १ सय ६२ जना संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी २ हजार ६ सय ५० जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.