कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ २९ गते ६:०७     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ४५ हजार २ सय ७० पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख १८ हजार १ सय २६ जनाको मृत्यु भइसकेको छ भने ३७ लाख २२ हजार ६ सय १७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १५ हजार १ सय २९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २० लाख ६६ हजार २ सय ४ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ पुगेको छ भने अहिलेसम्म ८ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ६७४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.