निःसन्तान दम्पत्तीलाई हार्दिक आईभिएफमा अब १ लाख ९९ हजारमै आईभिएफ सेवा

  २०८१ जेठ ४ गते ११:०९     विकासन्युज

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभिएफ एण्ड फर्टिलिटि सेन्टरले निःसन्तान दम्पतीलाई लक्षित गर्दै आईभिएफ सेवामा आकर्षक योजना ल्याएको छ ।

नयाँ वर्षलाई लक्षित गरी साथै कम आय भएका बिरामीका लागी केन्द्रले यहि २०८१ अषाढ मसान्तसम्मका लागी मात्र रु १ लाख ९९ हजारमा आईभिएफ साथै आईयुआई मात्र ८ हजार ५ सयमा गर्ने घोषणा गरेको हो । साथै ल्याब टेष्ट तथा बिर्यको जाँचमा २० प्रतिशत छुट दिने समेत निर्णय गरेको छ । उक्त केन्द्रले हालसम्म दर्जनौं दम्पत्तीलाई निःसन्तानसम्बन्धि सफल उपचार एवं परामर्श सेवा उपलब्ध गराएको छ ।

हाल यस केन्द्रमा प्रजनन, स्त्रीरोग तथा आईभिएफ बिशेषज्ञका रुपमा डा. अर्चना शाक्य सहित, बरिष्ठ इम्ब्रयोलोजिष्ट डा. आष्मा बानु लगायतका मेडिकल टिम कार्यरत छ । डा. शाक्य बिगत १३ बर्षदेखी स्त्री, प्रजनन तथा निःसन्तान सम्बन्धि बिरामीको उपचारमा संलग्न छिन् भने डा बानु बिगत ६ बर्षदेखि इम्ब्रयोलोजिष्टको रुपमा सेवा दिँदै आएकी छन् । साथै दुवै डाक्टरहरुले धेरै निःसन्तान दम्पतीलाई सन्तान सुख दिन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.