व्यवसायिक अभ्यासमा धेरै परिवर्तन, सञ्चालन लागतमा २० प्रतिशत बचत

  २०७७ पुष १९ गते ८:३३     अञ्जन श्रेष्ठ

कोभिड महामारीपछि विश्व अर्थतन्त्र संकटमा छ । नेपालको अर्थतन्त्र पनि संकटमा छ । धेरै साना तथा मझ्यौला व्यवसायी चल्दै आएको व्यवसाय बन्द गर्न बाध्य भएका छन् । ठूलो लगानीमा सञ्चालित व्यवसायहरु पनि सदाको लागि बन्द भएको वा बन्द हुने क्रममा रहेको समाचारहरु प्रकाशित भईरहेका छन् । १९ प्रतिशतमा झरेको गरिवी ३२ प्रतिशत भन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिकूलताको बाबजुत धेरै नेपालीहरुले नविन सोचका साथ वा नयाँ तरिकाबाट व्यवसाय अगाडि बढाएका छन् । उनीहरु कोभिड महामारीपछि आफ्नो विजनेश रिकभरी प्लानमा जुटेका छन् । तर सबैको योजना एकै खालको हुँदैन । अबको प्रयासहरु खर्च कटौतिमा केन्द्रीत हुनेछन् । प्रविधिको प्रयोगमा जोड दिनेछन् । व्यापार प्रवद्र्धनका लागि नयाँ शैली अपनाउने छन् । त्यसका विधि सबैका फरक फरक हुन्छन् ।

कोभिड महामारीको कारण संकटमा परेका व्यवसाय उत्थानको लागि निजी क्षेत्रले, नेपाल उद्योग वाणिज्य महासंघले थोरै माग गरेको थियो । सहुलित कर्जा, पुर्नकर्जा, कर्जाको पुर्नतालिका, व्याज पुनारावलोकन र सरकारी खर्च वृद्धिको माग हामीले गरेका हौ । तर सरकारको तर्फबाट कुनै पनि काम भएन । सरकारी खर्च वृद्धि पनि भएन । सरकारले खर्च बढाएको भए सर्वधारणको हातमा पैसा पथ्र्यो । उपभोग बढ्थ्यो । त्यसले उत्पादन, व्यापार, रोजगारी वृद्धि, राजश्व वृद्धि लगायत अर्थतन्त्रका सबै पक्षलाई गतिशिल बनाउने थियो ।

कर्जाको व्याज पुनाराबलोकन पनि भएन । सहुलितपूर्ण कर्जाको लागि सरकारले जुन कोषको घोषणा बजेटमा गर्यो, मौद्रिक नीतिमा विस्तारित भएर आयो तर ७ महिनापछि बल्ल कार्यविधि बनेको छ । केही दिनअघि मात्र गभर्नरले बोल्नु भयो ‘अब छिट्टै कार्यान्वयन हुन्छ ।’ जब कुनै रोग लागेको विरामी समयमा उपचार नपाएर, औषधि नपाएर लुलो, लंगडो, अशक्त वा दीर्घकालिन रोगी बनिसक्छ, त्यसपछि औषधि खुवाएर के अर्थ ? अहिले सरकारी नीति र त्यसको कार्यान्वयन अवस्था विरामीलाई समय घर्केपछिको उपचार गरे जस्तै भएको छ ।

कर्जाको पुर्नतालिकी करण गर्ने भनेर मौद्रिक नीतिमा घोषणा भएको छ । व्यवसायीको प्रकृति हेरी ६ महिनादेखि २ वर्ष समय थप गर्ने भनियो । तर व्यवहारमा लागू भएको छैन । बैंकहरुले कर्जा नतिरेको भनेर लिलामीको सूचना प्रकाशित गरिरहेका छन् । कालोसूचिमा राख्ने काम जारी राखेका छन् । ऋणीलाई फोन गरेर थर्काउने, धम्क्याउने काम बैंकहरुले गरिरहेका छन् ।

व्यवसायिक अभ्यासमा परिवर्तन

कोभिडपछि व्यवसायिक अभ्यासमा धेरै परिवर्तन भएका छन् । प्रविधिको प्रयोगले व्यवसाय सञ्चालन लागत १५ देखि २० प्रतिशत बचत भएको छ भने समयको पनि बचत भएको छ । भौतिक उपस्थितिको सट्टा हामी भर्च्यूअल उपस्थितिमा अव्यस्त हुँदै गएका छौं । हाम्रा बैठकहरु, कम्पनीको साधारणसभाहरु, कर्मचारीलाई दिने तालिमहरु भर्च्यूअली हुन थालेका छन् । कम्पनीको हेडअफिस र कारखानाबीचको प्राविधिक कनेक्सनले उत्पादन तथा बिक्री वितरणमा अनुगमन गर्न सजिलो भएको छ । विजनेश प्रोसेसमा प्रविधिको प्रयोग धेरै छ । कारोबारमा पनि प्रविधिको प्रयोग बढेको छ ।

प्रविधिको प्रयोगले व्यवसाय सञ्चालन लागत १५ देखि २० प्रतिशत बचत भएको छ भने समयको पनि बचत भएको छ । भौतिक उपस्थितिको सट्टा हामी भर्च्यूअल उपस्थितिमा अव्यस्त हुँदै गएका छौं । हाम्रा बैठकहरु, कम्पनीको साधारणसभाहरु, कर्मचारीलाई दिने तालिमहरु भर्च्यूअली हुन थालेका छन् । कम्पनीको हेडअफिस र कारखानाबीचको प्राविधिक कनेक्सनले उत्पादन तथा बिक्री वितरणमा अनुगमन गर्न सजिलो भएको छ । विजनेश प्रोसेसमा प्रविधिको प्रयोग धेरै छ । कारोबारमा पनि प्रविधिको प्रयोग बढेको छ ।

उत्पादित बस्तुहरुको बजारीकरण गर्ने, उपभोक्ता सामु प्रर्दशन गर्ने, त्यसको गुणस्तर र मूल्यबारे उपभोक्तालाई जानकारी दिने शैलीमा परिवर्तन भएको छ । ठूला र महँगो शो रुमको सट्टामा भच्र्यूअल शोकेसिङ गर्ने अभ्यास शुरु भएको छ । यसले पनि उपभोक्ताको समय बचत गरेको छ । उत्पादन तथा बजार प्रवद्र्धनको लागत पनि कम हुँदै गएको छ । कोभिडपछि ठमेलका सटरहरु खाली भएका छन् । भाडा सस्तो भएको छ । तर सधैं यस्तो हुन्छ भन्ने हुन्न । माग र आपूर्तिले नै भाडाको दर पनि तय हुँदै जानेछ ।

कोभिडअघि पनि पछि पनि जमिनको मामिलामा नेपालमा ठूलो समस्या छ । उद्योगको लागि जग्गा उपलब्धता नहुने एउटा समस्या छ भने जग्गा पाइयो भने पनि किन्न त्यसको मूल्य उच्च छ । भूउपयोग नीति बनाउन र औद्योगिक क्षेत्र, आवास क्षेत्र, कृषि क्षेत्र, बन क्षेत्र भनेर छुट्याउन हामीले बारम्बार माग गर्दै आएका छौं । त्यसो भएमा जमिनको वर्गअनुसार त्यसको लागत पनि तय हुने थियो । त्यसले उत्पादन लागत कम गर्न मद्दत गर्नेथियो ।

कोभिडपछि जनशक्ति व्यवस्थापन र परिचालनमा पनि परिवर्तन भईरहेको छ । जनशक्तिको भौतिक उपस्थिति गौण बन्दै गएको छ । अब नतिजामुखी कामको खोजी भएको छ । यसले एकातिर भैरहेको काममा कम जनशक्ति आवश्यक हुने देखिएको छ भने फेरी अर्कोतिर नविन प्रविधि विकास र प्रयोगमा नयाँ जनशक्तिको खाँचो भएको छ । रोजगारी सिर्जनाको लागि सरकारले उद्यमीलाई प्रोत्साहित गर्ने नीतिको खाँचो छ । व्यवसायीलाई सम्मानजनक व्यवहार गर्ने संस्कारको विकास हुन जरुरी छ । व्यवसायीले आफू सुकिला मुकिला बन्नको लागि मात्र व्यवसाय गरिरहेका छन् भन्ने भ्रम हटाउनुपर्छ । व्यवसायीले समाजको आवश्यकता परिपूर्ति गर्न बस्तु तथा सेवा उत्पादन गरिरहेका छन्, रोजगारी सिर्जना गरेका छन्, सरकारलाई राजश्व तिरेका छन्, करदाताको पैसाबाट मुलुक चलेको भन्ने ज्ञान सबैमा हुनुपर्यो । अर्थतन्त्रलाई गतिशिल बनाउन उद्यमीको योगदान कति छ भन्ने तथ्यलाई ध्यान दिएर उनीहरुलाई सम्मानजनक व्यवहार गर्ने संस्कारको विकास जरुरी छ ।

नेपालको व्यवसायिक जगत पुर्नजागृत हुन, पुरानै लयमा फर्कन अझै केही महिना लाग्छ । पहिला पनि नेपालमा व्यवसायिक वातावरण राम्रो थिएन । अहिले पनि राम्रो छैन । शसस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता, लोडसेडिङ, बन्द हड्तालकै बीच नेपालीहरु लड्दै, पढ्दै, उठ्दै आएका हुन् । अहिले पनि कोभिडले व्यवसायीहरु नराम्ररी धसिएका छन्, भासिएका छन् । धेरै साना तथा मझ्यौला व्यवसायी बन्द भएका छन् । अन्नपूर्ण होटल जस्तो पुरानो संस्थाले व्यवसाय बन्दको घोषणा गरेको छ । यसको अर्थ सबै व्यवसायीले हार मानेका छन् भन्ने पनि होइन । प्रतिस्पर्धाको क्रममा कोही प्रतिकूलताको बीचमा पनि अगाडि, कोहि पछाडि पर्छन । तर नेपाली व्यवसायीमा ठूलो साहास छ । जति कठिनाई भएपनि आफूलाई कसरी अगाडि लैजाने भनेर विजनेश रिकभरको प्लान बनाईरहेका छन् ।

(श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.