कोरोनाको उपचार जडिबुटीबाट हुँदैन: डा.वासुदेव उपाध्याय

  २०७७ वैशाख ९ गते १७:१७     विकासन्युज

काठमाडौ. । कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ को उपचार जडिबुटीबाट नहुने आयुर्वेद तथा वैकिल्पक चिकित्सा विभागले बताएको छ ।

कोभिड–१९ सम्बन्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कुनै पनि जडिबुटीले कोभिड–१९ निको पार्ने पुष्टि नभएको बताएका हुन् ।

उनी भन्छन्, हाम्रौ घर आँगनमै पाउने जडिबुटीले हाम्रो रोगसँग लड्ने क्षमता बढाउँछ तर यसको मतलब यसले कोभिड–१९ ठीक पार्छ भन्ने होईन । ’

जडुबुटीले कोरोनाको उपचार गर्छु भन्दै भ्रामक सन्देश फैलाउन बन्द गर्न पनि उनले आग्रह गरेका छन् । उनले सबैलाई विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य मन्त्रालयले जारी गरेको विधिहरुलाई अपनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.