आइसोलेसनमा रहेका तीन जना कोरोना संक्रमित भएकाे पुष्टि

  २०७६ चैत ३० गते १६:२०     विकासन्युज

काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत २९ गते पुनःपरीक्षण गरिएकामा ३ जनामा कोभिड–१९ पोजेटिभ देखिएको बताए । वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शङ्कास्पदरूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषलाई कोभिड–१९ को शङ्का लागि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको र अवस्था सामान्य रहेकाे जानकारी दिए । उनीहरुसमेत ‘थ्रोट स्वाब’ किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा २१ जनामध्ये शङ्कास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन परिक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । कोभिड–१९ सङ्क्रमितको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी ‘कन्ट्र्याक ट्र्यासिङ’ भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.